‘गुड टच’ र ‘ब्याड टच’ : बालबालिकालाई सिकाउनै पर्ने कुरा

२५ भाद्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
54 Shares


एक सर्वेक्षण अनुसार बालिकाहरुमाथि यौन हिंसा गर्ने प्रायः ठुला उमेरका आफन्तहरु नै हुने गरेको पाइन्छ । स-साना बालिकाहरु आफ्नै घरमा पनि आफ्नो सुरक्षा गर्न सकिरहेका छैनन् । त्यस्तो स्थितीको जिम्मेवार केही हद सम्म आमाबुबाहरु पनि हुन् ।यदि आमाबुबाले आफ्ना सन्तानसंग केही समय बिताएर यस बिषयमा खुलेर कुरा गरेमा मात्र बालिकाले सही र गलतको बारेमा बुझ्न सक्छन् । यस्तो शिक्षाको ज्ञान हामी धेरै कम घरहरुमा मात्र देख्छौं । प्रायः घरहरुमा किताबी ज्ञानलाई मात्र बढि महत्व दिने गरिन्छ ।बालिकाहरुलाई किताबी ज्ञानको जति आवश्यक छ, त्यति नै बाहिरी ज्ञानको पनि आवश्यक हुन्छ । यस्ता ज्ञानले अपराधिलाई अपराध गर्नबाट रोक्न नसके पनि अपराध हुनबाट बचाउन त सकिन्छ ।समय अनुसार बालबालिकाहरुलाई हामीले सही र गलत छुवाइ गुड टच र ब्याड टच को बारेमा बताउनु आवश्यक छ । बच्चालाई सधैं बच्चा जस्तो भएर सम्झाउनु आवश्यक छ । यदि तपाईं बच्चालाई यी कुराको बारेमा सम्झाउँदै हुनुहुन्छ भने एकान्त भन्दा सबै भएको ठाउँमा सम्झाउनु पर्छ । यसो गर्दा उनीहरुले सही र गलत टचको बारेमा राम्रोसंग सम्झन्छन् ।हामीले बच्चासंग सधैं साथी जस्तो व्यवहार गर्नु पर्छ, यस्तो व्यवहारले बालबालिकाले तपाईंलाई सबै कुरा शेयर गर्न थाल्छन् ।आज छोरीहरु घर बाहिर मात्र होइन घर भित्र पनि सुरक्षित छैनन् । विद्यालयको शिक्षामा पनि गुड टच र ब्याड टचको बारेमा नबताउनु पनि सबैभन्दा ठुलो गल्ति भएको छ । स्कुलमा बच्चाहरुलाई नाता सम्बन्धको मर्यादाको बारेमा त बताइन्छ । जुन सम्बन्धहरुका बीचमा आमा-बुबाले आफ्नो बच्चालाई सुरक्षित सम्झन्छन्, त्यहि नाता सम्बन्धका व्यक्तिहरुले बालिकाहरुसंग गलत क्रियाकलाप गर्छन् । जसका कारण धेरै बालिकाहरु मानसिक रोगको शिकार बन्छन् । त्यसैले बालिकाहरुलाई बाल्यकालदेखि नै सम्बन्ध र यौन सम्बन्धि शिक्षाको ज्ञान दिन अति नै आवश्यक छ । विशेष गरेर अभिभावकले आफ्ना बालिकाहरुलाई यस्ता कुराको शिक्षा दिन आवश्यक छ ।अधिकांश मानिसहरु यौन शोषणका पछाडि पालनपोषणलाई दोष दिन्छन् । हो, यो पनि महत्वपूर्ण कुरा हो, तर यी सबै कुराहरुभन्दा पनि महत्वपूर्ण के हो भने हामीले बालबालिकाहरुलाई के देखाइरहेका छौं रु कस्तो वातावरण दिइरहेका छौं रु बालबालिकाहरुलाई बचाउनु छ भने उनीहरुलाई बाल्यकालदेखि नै सही र गलत कुराको ज्ञान दिनु पर्छ । बालबालिकाहरुलाई स्कूलमै छुट्टै क्लास दिनु पर्छ, जहाँ उनीहरुे सजिलै यो कुरा बुझ्न पाउन् र समय आएको बेला आफूलाई बचाउन सकून् ।

स्विम सूटमार्फत गुड टच र ब्याड टच=आफ्ना सन्तानहरुलाई गुड टच र ब्याड टचको बारेमा बताउनका लागि स्विम सूटको उदाहरण दिन सकिन्छ । उनीहरुलाई स्विमिङ गर्ने क्रममा लगाइने कस्ट्यूमले शरीरको जुन भाग ढाकिन्छ, ती नीजि अंग भएको तथा तीनलाई कसैले पनि छुन पाउँदैन भन्ने कुरा बुझाउनु पर्छ ।बालबालिकाहरुलाई के पनि भन्नु पर्छ भने यदि कुनै व्यक्तिले उनीहरुका ती अंगहरुमा छोएमा अथवा छुने प्रयास गरेमा तुरुन्त आफ्ना बुवाआमालाई अथवा स्कूलमा शिक्षकलाई भन्नु पर्छ भनेर सम्झाउनु पर्छ ।सेफ टचका बारेमा जानकारी=बालबालिकाहरुलाई सेफ टचका बारेमा पनि बताउनु पर्छ । जस्तो, जब बालबालिकाहरुलाई आमा अथवा उनीहरुका डाक्टरले उनीहरुको शरीरलाई छुन्छन्, त्यो उनीहरुले शरीरमा कुनै प्रकारको समस्या त छैन भन्ने कुराको परीक्षण गरेका हुन्छन् । तर, डाक्टरले पनि आमा-बुवाको उपस्थितीमा मात्र बालबालिकालाई छुन सक्नेछन् । त्यसप्रकारको टच सेफ टच मानिन्छ । यसबाहेक अरु कसैले पनि उनीहरुलाई छुन अथवा कपडा खोल्नका लागि भन्न सक्ने छैन ।आजको बढ्दो अपराधका अनुसार बालबालिकाहरुलाई ती सबै चिजहरु सिकाउनु तथा बताउनु निकै अनिवार्य भैसकेको छ । आजको समयमा बालबालिकाहरु जति खुलेर रहन्छन्, त्यति नै उनीहरुका लागि तथा तपाईंका लागि पनि राम्रो हुनेछ ।यसरी बालबालिकालाई सिकाउने गुड टच र ब्याड टच=बालबालिकालाई सानै उमेरदेखि नै उनीहरुको शारीरिक संरचनाको बारेमा पुर्ण जानकारी दिनु पर्छ । बाल-बालिकालाई उनीहरुके गोप्य अंग कुन हो र यी अंगहरुलाई अरु कोहिलाई छुन दिनु हुँदैन ।बालबालिकालाई उनीहरुको शरीरमा केवल उनीहरुको मात्र अधिकार हुन्छ र कसैले पनि ति अंगहरुमा जबर्जस्ती टच गन सक्दैन। यदि कसैले जबर्जस्ती टच गर्न खोज्छ भने तुरुन्त आफ्नो आमाबुबालाई बताउनु पर्छ भन्ने कुरा सिकाउनु पर्छ ।बालबालिकालाई उनीहरुको शरीरको बनावटको बारेमा बताउनु पर्छ र ती कुराहरु बताउँदा सही भाषाकोे प्रयोग गर्नु पर्छ । यसको साथै बालक र बालिकाको शरीरको बनावटको भिन्नताका बारेमा पनि बताउने पर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • डब्लु आइसीसीद्धारा खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम गर्ने
  • “प्रचण्डले तपाई मन्त्रीबाट हट्नुपर्छ भनेपछि म मन्त्रिपरिषद बैठक जान छाडे”:आपुर्ति…
  • डब्लुएमएसी वल्र्ड कप ब्रेबेन्च ओपन च्याम्पियनसीपमा ७ पदक
  • फेसबुकलाई चुनौती दिन आयो ‘डब्लूटीस् सोसल’
  • बझाङमा गयो ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प
  • जनताका पिरमार्काप्रति सरकार पुरै उदासीन छ, उपनिर्वाचन कांग्रेसले जित्छः डा.…
  • पौषमा छैठौं स्याङ्जा महोत्सव हुने
  • स्वीडेनको पुनर्चक्रण विधि यति गज्जबको, देशमा सकियो फोहोर
  • के हो रातो सागसब्जी?जाडोयाममा मुटु जोगाउन रातो फलफूल र सागसब्जी
  • भारतबाट विवाह गर्न सौराहा आउँछन् भारतीय