लुम्बिनी बौद्ध बिश्वबिधालयमा स्थानिय सरकारका प्रमुखहरु संग अन्तरकृया सम्पन्न

प्रकाशित मिति:

जगिलाल थापा -लुम्बिनी बौद्ध बिश्वबिधालय,केन्द्रीय क्याम्पस,लुम्बिनीको आयोजनामा लुम्बिनी बौद्ध विश्वबिधालय द्वारा संचालित विभिन्न शैक्षिक कार्यक्रमहरुको प्रभावकारिता र प्रभावका बारेमा स्थानिय सरकारका प्रमुख र प्रशाकिय अधिकृतहरु संग अन्तरकृयात्मक छलफल कार्यक्रम सम्पन्न भएकोछ।लुम्बिनी बौद्ध विश्वबिधालय द्वारा संचालित स्नातक तह कार्यक्रम अन्तर्गतको ट्राभल एण्ड टुरिजम बिषयको बिए(बिटिटिएम कक्षा संचालन र स्थायित्वको लागि स्थानिय तहबाट बिधार्थीहरुको सहभागितालाई जोड दिने बिषयमा छलफल भएकोछ।ट्राभल एण्ड टुरिजम बिषयको शैक्षिक कार्यक्रमको अध्ययन आवस्यकता र सम्भावना अनि बिधार्थीहरुको आकर्षण बढाउन स्थानिय सरकारका जनप्रतिनिधिहरुबाट खेल्न सक्ने भुमिकाका बारेमा लुम्बिनी बौद्ध विश्वबिधालय केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख फणिन्द्र न्यौपानेले योजना तथा अबधारणा पत्र प्रस्तुत गर्नु भएको कार्यक्रममा रुपन्देहीका स्थानिय तहका प्रमुख र प्रशासकिय प्रमुखहरुले आ आफ्नो धारणा ब्यक्त गेका थिए।

बिश्वबिधालयका उपकुलपति हृदय रत्न बज्राचार्यले लुम्बिनी बौद्ध विश्वबिधालयको गरिमा बढाउन र लुम्बिनीमा आउने बाह्य तथा आन्तरिक पर्यटकहरुलाई लुम्बिनीको कला,साहित्य र संस्कृति अनि स्थानिय रितिरिवाजहरुको बारेमा जानकारी दिई यहाको भौगोलिक अवस्थाबारे जानकारी गराई यहाको पर्यापर्यटनको बिकासको लागि ट्राभल एण्ड टुरिजम शैक्षिक कार्यक्रमले टेवा पुग्ने बताउनु भयो ।वहाले ट्राभल एण्ड टुरिजम बिषयको अध्ययन पछि कुनै पनि बिधार्थी बेरोजगार बस्नु नपर्ने बताउनु भएको छ।ट्राभल एण्ड टुरिजम समयानुकुल शैक्षिक कार्यक्रम भएकोले यस बिश्वबिधालयले स्नातक तहमा संचालन गरिएको र यो शैक्षिक कार्यक्रममा बिधार्थीहरुको सहभागितालाई बढाउन यस बिश्वबिधालय क्षेत्रका स्थानिय निकायका जनप्रतिनिधीहरुले महत्वपुर्ण भुमिका निर्बाह गर्नु पर्नेमा जोड दिनु भयो।

क्याम्पस प्रमुख फणिन्द्र न्यौपानेले प्रस्तुत गर्नु भएको शैक्षिक योजनामा माथि आफ्नो बिचार राख्दै लुम्बिनी सांस्कृतिक नगर नगरपालिकाका प्रमुख मनमोहन चौधरीले लुम्बिनीको गहनाको रुपमा स्थापित लुम्बिनी बौद्ध विश्वबिधालयको सम्बर्धन र प्रबर्धनका लागि लुम्बिनी सांस्कृतिक नगर नगरपालिकाको पनि दायित्व र जिम्मेवारी भएकोले यस बिधालयमा अध्ययन गर्न आउने नगरपालिकाका कुनैपनि बिधार्थीहरुको लागि छात्रबृत्ति स्वरुप अनुदान उपलब्ध गराउने र यस बिश्वबिधालयबाट उत्पादन हुने बिधार्थीहरुलाई लुम्बिनीको पर्यटन बिकासमा अवसर दिइने समेत बताउनु भयो।यसैगरी कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले यातायातको सुबिधा भए यस बिश्वबिधालयमा बिधार्थीहरुको अभाव नहुने र कञ्चनबाट अध्ययन गर्न आउने बिधार्थीहरुको लागि छात्रबृत्ति स्वरुप आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्दै ट्राभल एण्ड टुरिजम बिषय अध्यनका लागि बिधार्थीको अभाव नदिन आफ्नो गाउपालिकाले छात्रबृत्तिको समेत ब्यबस्था गरि प्रोत्साहन गर्ने बताउनु भयो।यस्तै सियारी गाउपालिकाका अध्यक्ष अयोध्या प्रसाद चौधरीले आफ्नो गाउपालिकाले दोभाषे शिक्षाको लागि बजेट ब्यबस्था गरेको र यदि यस बिश्वबिधालयमा बिबिध भाषाको दोभाषे कक्षा संचालन गरे सो कक्षा पढ्न आउने बिधार्थीहरुका लागि आर्थिक सहयोग गर्ने तर छुट्टै अनुदानको रुपमा सहयोग गर्न नसकिने उल्लेख गर्नु भयो।सेमरी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज भट्टराईले स्थानिय सरकारहरुले आफ्नो पालिकामा रहेका शैक्षिक संस्थाहरुलाई पनि बजेट दिनु पर्ने भएकोले बिश्वबिधालयको लागि भनेर अनुदान दिन नसकिने बताउनु भएकोछ।बिश्वबिधालयका रजिस्टार तिलक आचार्यले लुम्बिनी बौद्ध विश्वबिधालयबाट संचालन हुने बिभिन्न शैक्षिक कार्यक्रमहरुले यस बिश्वबिधालयको प्रतिष्ठा समेत जोडिने त्यो प्रतिष्ठा र लुम्बिनीको गहनाको रुपमा रहेको बिश्वबिधालयको पहिचान र प्रतिष्ठा बचाउनु यस क्षेत्रका स्थानिय सरकारहरुको पनि महत्वपुर्ण जिम्मेवारी हुने बताउनु भएकोछ।निर्माणाधिन भैरहवा अन्तराष्ट्रिय बिमानस्थल संचालनमा आएपछि प्रयटकहरुको चापलाई मध्यनजर गरि प्रयटन गाइडको अभावलाई कम हुन नदिन लुम्बिनी बौद्ध विश्वबिधालयले संचालन गरेको ट्राभल एण्ड टुरिजम शैक्षिक कार्यक्रममा संलग्न बिधार्थीहरुलाई रोजगारीको समेत सुनिश्चित हुने बताउनु भएकोछ।लुम्बिनी बौद्ध विश्वबिधालय,केन्द्रीय क्याम्पस,लुम्बिनीका सहायक क्याम्पस प्रमुख नीर बहादुर गुरुङको संचालनमा भएको कार्यक्रममा प्राध्यापक ईन्द्र काफ्ले,प्रध्यापक डा।शारदा पौडेल लगायतले ट्राभल एण्ड टुरिजम बिषयको महत्व र अवसरको बिषयमा आ(आफ्ना धारणा राख्नु भएको थियो।