अमेरिकामा मुक्तक वाचनसहित मुक्तक प्रतिष्ठान गठन

प्रकाशित मिति:

अमेरिका – नेपाल मुक्तक प्रतिष्ठानले पहलोपटक अमेरिकामा मुक्तक मेला कार्यक्रम गरेको छ । न्यूयोर्कको ज्याक्सन हाइटमा आयोजित कार्यक्रममा दुई दर्जना बढी स्रष्टाले मुक्तक वाचन गरेका थिए ।उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास न्युयोर्कका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले विदेशमा यस्ता साहित्यिक कार्यक्रमले नेपाली साहित्यको उन्नयनमा सहयोग पुग्ने धारणा राखे ।समारोहका मुक्तक प्रतिष्ठानका महासचिव रमेश पौडेलले प्रतिष्ठान स्थापनादेखिका गतिविधिमाथि प्रकाश पारे । कार्यक्रममा डा। तारा निरौला, डा। मधु माधुर्य, शैलेस श्रेष्ठले आफ्ना विचार राखेका थिए ।

कार्यक्रममा कविहरू आनन्द श्रेष्ठ, विजया सिम्खडा, विनोद रोक्का, डा।गोविन्द कोईराला, शान्ता अधिकारी घिमिरे, पद्मा लिंखा मगर, रश्मी भट्ट, अच्युत सिग्देल, ज्योति कुमार श्रेष्ठ, कुन्ती थापा, व्याकुल पाठक, लक्ष्मी श्रेष्ठ, किशन सिंह धामी, बद्री पौडेल, पूनम काफ्ले, ज्योति पौडेल, पुष्पा अधिकारी, कमला प्रसाई, पुष्पराज उपाध्याय, पुरूषोत्तम पन्थी, सौरभ कारञ्जित, बनिता कतिला, शारदा क्षेत्री, डा। तारा निरौला, कविन विक्रम शाह, जानुका वस्ती ढकाल, नदिया लिवाङ्ग, सिर्जना शमालगायतले मुक्तक वाचन गरेका थिए ।सोही अवसरमा मुक्तक प्रतिष्ठानका संस्थापक सदस्य आनन्द श्रेष्ठको अध्यक्षतामा प्रतिष्ठानको अमेरिका शाखा गठन गरेको छ । सोको तदर्थ समितिमा किसनसिंह धामी उपाध्यक्ष, सचिवमा ज्योतिकुमार श्रेष्ठ, कोषाध्यक्षमा अच्युत सिग्देल र सदस्यहरूमा पद्मा लिंखा मगर, सिर्जना शर्मा, रश्मि भट्ट, जानुका वस्ती ढकाल, पुष्पराज उपाध्याय, लक्ष्मी श्रेष्ठ, शान्ता घिमिरे अधिकारी र कुन्ति थापा छन् ।