नवलपरासीमा यात्रुवाहक बसमा आगजनी

प्रकाशित मिति:

शिव डुम्रे । नवलपरासी, पूर्व पश्चिम राजमार्ग अन्तर्गत पहाडी क्षेत्र मानिने नवलपरासीको दाउन्नेमा यात्रुवाहक बसमा आगजनी भएको छ । गत राती महेन्द्रनगरबाट काठमाडौंको लागि छुटेको ना ६ ख ८४५६ नम्बरको यात्रुवाहक बसमा अज्ञात समूहले आगजनी गरेको हो । आगलागी किन र कसले गरेको भन्ने अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । बर्दघाट नगरपालिका ४ मा पर्ने खुर्सानीखोलामा गाडिमा आगलागी भएको जानकारी आएपछि बिहान ५ बजे प्रहरीले दमकल लगेर आगो नियन्त्रणमा लिएको थियो ।

‘बस बिग्रेको र उक्त बसमा रहेको यात्रुलाई अर्को गाडीमा हालेर काठमाडौं पठाइएपछि बिहानीपख आगलागी भएको बुझिएको छ, चालक र सहचालक पनि फरार रहेकोले उनीहरूलाई झिकाइँदै छ, त्यसपछि अनुसन्धान बाट मात्रै घटनाबारे तथ्य फेला पर्छ” नवलपरासीका ट्राफिक प्रहरी प्रमुख एसपी लालमनी आचार्यले टेलिफोन मार्फत बताए । आगजनीबाट कुनै मानवीय क्षति भएको छैन, आगजनी कसले किन गर्‍यो भन्ने खुल्न नसकेको र घटनामा संलग्नहरूको खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।