अमेरिकामा वीपीको सम्झना

प्रकाशित मिति:

अमेरिका । नेपाली काँग्रेसका संस्थापक,नेपालका प्रथम जन  निर्वाचित प्रधानमन्त्री एवम बरिष्ठ साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाको १०६ औं जन्मजयन्ती अमेरिकाको भर्जिनियामा एक कार्यक्रमको आयोजना गरि मनाईएको छ ।नेपाली काँग्रेसको विदेश स्थित भातृ संगठन जनसम्पर्क समिति भर्जिनिया च्याप्टरको आयोजना भएको कार्यक्रममा विभिन्न बक्ताहरूले वीपीको बारेमा आफ्नो धारणा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका नेता एबम सभासद डाक्टर मिनेन्द्र रिजालले पार्टिको स्थापना र २००७ सालको क्रान्तिमा कोइरालाबाट भएको नेत्रित्वको चर्चा गरेका थिए । उनले वीपी कोइराला युग नायक भएको बताए । रिजालले वीपीले ज्यानको बाजी राखेर पनि राष्ट्रलाई प्राथमिकतामा राख्दै २०३३ सालमा मेलमिलाप नीति लिएको स्मरण गरे ।

‘राजाको अधिनायकवादी सोच र नेपालको समुन्नती नचाहने तत्वहरुको मिलेमत्तो प्रजातन्रको हत्या गरिएको र मुलुकमा निरंकुशतन्त्र स्थापना पछि निर्वासित भएको बेलामा भारतीय उपमहाद्विपमा तत्काल घटेका राजनीतिक घटनाहरुको शुष्म बिश्लेशण गर्दै राष्ट्र संकटमा छ र राष्ट्रियता गुम्न पनि सक्छ भन्ने बुझेर वीपीले आफुलाई फाँसी नै हुन्छ भने पनि होस् तर राष्ट्र लाई जोगाउनु पर्छ भन्दै मेलमिलाप नीति लिदै स्वदेश फर्कनु भयो ।’ रिजालले भने ।कार्यक्रममा काँग्रेस नेतृ एवं सभासद सरिता प्रसाईले नेपाल र नेपाली जनताले युग(युग सम्म वीपी कोइराला लाई सम्झी रहने बताईन । उनले जबजब देशले संकट ब्यहोर्नु पर्ने अवस्था आउछ तब वीपीका अनुयायीहरू,नेपाली काँग्रेसका कार्यकर्ताहरु ज्यानको पर्वाह नगरि राष्ट्र,राष्ट्रियता र प्रजातन्त्रका लागि आन्दोलनमा होमिने गरेको बताईन । उनले विश्व राजनीतिक मन्चमा नेपाललाई चिनाउने एकमात्र नेता जननायक वीपी कोइराला नै भएको दाबी गरिन। यस्तै साहित्यकार हरि अधिकारीले वीपी कोइरालाका कृति हरुको चर्चा गर्दै उनको साहित्यिक व्यक्तित्वका बारेमा प्रकाश पारे । ‘कथा, उपन्यास र केही कविता समेत सृजना गरेका कोइराला बहुआयामिक ब्यक्तित्व हुन् , नेपाली साहित्यमा वीपी कोइरालाको विशिष्ट स्थान छ,’ अधिकारीले भने । कार्यक्रममा साहित्यकारहरु प्रकाश नेपाल,मोहन निरौला,बिमला निरौला,भरत रेग्मी,किरण सिंह थापाले कविता बाचन गर्दै वीपी प्रति श्रद्धान्जली ब्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस झापाका नेता हरि कुमार शिवाकोटी,जनसम्पर्क समिति अमेरिकाका उपसभापति केशव बराल,केन्द्रिय सदस्य गोपाल विश्वकर्मा,जनसम्पर्क समिति मेरिल्याण्डका सभापति राजेन्द्र सेन्चुरीले वीपीको बारेमा आफ्नो धारणा राखेका थिए ।यस्तै काँग्रेस नेत्री उमा शाह, गैर नेपाली संघ अमेरिकाका सल्लाहकार गोविन्द सुबेदी, जनसम्पर्क समितिका नेता अर्जुन सिग्देल,एएनयसका निवर्तमान महासचिव प्रेम पौडेल,अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष केदार प्रशाद तिम्सिना लगायतले मन्तब्य ब्यक्त गरेका थिए । उनीहरूले नेपालमा राष्ट्रियता र प्रजातन्त्रको संरक्षण तथा सम्बर्धनका निम्ती वीपीका देनहरूको चर्चा गर्दै उनीद्वाका परिकल्पना गरिएको आर्थिक सामाजिक बिकासका अबधारणा र निती योजना हरु आज पनि नेपालको विकास र नेपाली नागरिकको जनजिविकाका निम्ती सान्दर्भिक रहेको धारणा राखे ।भर्जिनिया च्याप्टर सभापति रामशरण हुमागाईको सभापतित्वमा सम्पन्न कार्यक्रम च्याप्टर सदस्य यामकुमार सिटौलाले सन्चालन गरेका थिए ।दुरविन नेपाल वाट साभार