भेनेजुएलामा महा महंगी

प्रकाशित मिति:

भेनेजुएलामा महंगी मात्र होइन, ‘महामहंगी’ छ । त्यहाँको सरकारले महामहंगी नियन्त्रण गर्न योजना ल्याएको छ । तर, यसले जनतामा दुविधा बढाएको छ । धेरैले यो योजनाले कसरी काम गर्छ भन्ने प्रश्न उठाएका छन् ।निकोलस मादुरोको सरकारले आफ्नो मुद्रा बोलिभारको नाम परिवर्तन गरेर ‘सोभरेन बोलिभार’ राखिएको छ । साथै ९५ प्रतिशत मुद्रा अवमूल्यन पनि गरिएको छ ।

यसको बाबजुद अन्तर्राष्ट्रिय मुद्रा कोषले भेनेजुएलाको महंगी १० लाख प्रतिशतले बढ्ने अनुमान गरेको छ । अर्थशास्त्रीहरुले देशको हालत खराब हुने चेतावनी दिएका छन् ।