जिपी कोइराला फाउन्डेसन अमेरीकामा समाजसेवीहरु संग भेटघाट

प्रकाशित मिति:

अमेरीका । गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरीका को कार्यलयमा अन्तराष्ट्रीय नेपाली साहित्य समाज न्यु योर्क का अध्यक्ष श्री राजेन्द्र श्रेष्ठ र तामाङ्ग सोसाइटी अफ अमेरिका का सस्थांपक अध्यक्ष श्री सुवास लामा लाइ फाउण्डेशन का अध्यक्ष सोमनाथ घिमीरे, उपाध्यक्ष शुवर्ण लामा र केन्द्रीय सदस्य द्वय प्रेम पौडेल र छिरीङ्ग राप्के लामा ले एका कार्यक्रमका विच स्वागत गर्नु भएको थियो। युग पुरुष स्वं गीरीजा प्रसाद कोइरालाको नाम मा फाउण्डेशन स्थापित गरेर गीरीजा वावु को योगदानलाइ देश विदेश सम्म चिनाउँदै अघि बढेकोमा गीरीजा प्रसाद कोइराला फाउण्डेशन की केन्द्रीय अध्यक्ष माननिय सुजता कोइराला लाइ धन्यवाद प्रकट गर्दै लामाले फाउण्डेशन सगं नेपाली भाषा तथा नेपाली संस्कृति को संरक्षण र सम्वर्धन का लागि आफ्नो तर्फबाट सक्दो सहयोग र हातेमालो गरेर अगि बड्ने प्रण गर्नु भएको छ ।