गाँजरका खानु स्वास्थ्यका लागि निकै लाभदायी

२६ भाद्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
60 Shares


काठमाडौं– गाँजरसँग परिचित नहुने कोही छैन । गाँजरका खानु स्वास्थ्यका लागि निकै लाभदायी हुने चिकित्सकहरु बताउँछन् ।गाँजरमा पाइने भिटामिन ए ले हाम्रो आँखा तेजिलो बनाउनुका साथै प्रतिरक्षा शक्ति मजबुत बनाउँछ । बैज्ञानिकहरुले समेत गाँजर खाँदा मटुरोग तथा क्यान्सरबाट बच्न सकिने पुष्टि गरिसकेका छन् ।गाजर खानाले दाँत मजबुत बन्छ । गाजरलाई धेरैबेलासम्म चपाउने गरिन्छ मुखमा प्रसस्त मात्रामा र्याल निस्किन्छ । यसका साथै गाजर खानाले गिजा तथा दाँतको भित्रि भागहरुमा मसाज हुनुका साथै उक्त स्थानमा रगत संचार नियमित रुपले हुनथाल्छ ।दैनिक एउटा गाजर खानाले दाँतको आयु बढ्ने तथा दाँत स्वस्थ तथा सुन्दर देखिन्छ । खाना खाएपछि एउटा गाजर खानाले हाम्रो दाँतलाई मजबुत बनाउनुका साथैदात चम्किलो बनाउने पनि काम गर्छ ।

हालसालै गरिरिएको एक अध्यननले गाजर खाने महिलाहरुमा भविष्यमा हुनसक्ने स्तन क्यान्सरको सम्भावना ६० प्रतिशतले कम हुने देखाएको छ । बैज्ञानिकहरुका अनुसार गाजरमा प्राकृतिक रुपमा पाइने रसायनले क्यान्सरको सम्भावनालाई घटाउँछ ।अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रेसनमा प्रकाशित एक रिपोर्टले स्तन क्यान्सरका लागि गाजरको प्रयोग अत्यन्त प्रभावकारी देखिएको उल्लेख छ । सो अध्ययन अनुसार गाजरमा पाइने विटा क्यारोटिनले स्तन क्यान्सर हुने सम्भावना ४० देखि ६० प्रतिशत कम हुने देखाएको छ ।बेलायतमा गरिएको सो अध्ययनमा १ हजार ५ सय स्तन क्यान्सर पीडित महिला र त्यत्तिनै संख्यामा स्वस्थ महिला समावेश गरिएको थियो । सहभागिहरुमा बैज्ञानिकहरुले दैनिक रुपमा खाने खानाको सोध साथै रगतमा विटा–क्यारेटिनको मात्रा मापन गरेका थिए । जसबाट खानामा विटा क्यारोटिन पाइने पदार्थ जस्तै गाजर समावेश गरेका सहभागीहरुमा स्तन क्यान्सर हुने सम्भावना ४० देखि ६० प्रतिशत कम देखियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कट्रिनाको नाम सुनेपछि उठ्दै सिट्ठी र ताली बजाउन थाले सलमान
  • वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जना पक्राउ
  • खोपबारे जान्नैपर्ने कुरा : कुन खोप कहिले ?
  • पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
  • डा. कार्कीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले बुझायो ज्ञापनपत्र
  • सिद्धार्थ मेमोरियललाई नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिताको उपाधि
  • सामुदायिक बिद्यालय सम्मेलनमा नेपालको प्रतिनिधित्व सोमनाथले गर्ने
  • आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा
  • संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा देखिने
  • नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ