सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै

२६ भाद्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
56 Shares

File

 काठमाडौं- क्यारिवियन प्रिमियर लिग सीपीएल क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिएका छन् ।बारबारडोस त्रिडेन्ट्समा आबद्ध सन्दीपले बिहीबार सेन्ट किट्स एन्ड नेविस प्याट्रिवट्सविरुद्ध खेल्दै महत्वपूर्ण तीन विकेट लिएका हुन् ।सन्दीपकै उत्कृष्ट प्रदर्शनमा बारबारडोस प्याट्रिवट्सविरुद्ध जित नजिक छ । तर वर्षाको कारण खेल रोकिएको छ । डकवर्थ लेविस मेथडको आधारमा पनि सन्दीप आबद्ध टिम नै अगाडि छ ।

सन्दीपले ३।५ ओभर बलिङ गरेका छन् भने उनले अब मात्र एक बल बलिङ गर्न बाँकी छ । उनले बलिङ गर्दै गर्दा पानी परेपछि खेल स्थगित भएको हो । ३।५ ओभर बलिङ गर्दै मात्र २२ रन खर्चिएर सन्दीपले तीन विकेट लिएका हुन् । सन्दीपले लाउरिइ इभान्सलाई ६४ रनमा आउट गराए । त्यस्तै, शामर्ह ब्रुकसलाई १३ रनमा आउट गराएका सन्दीपले कप्तान कार्लोस ब्राथवइटलाई एक रनमा एलबीडब्लुको धरापमा पारे ।टस हारेर पहिले ब्याटिङ गरेको सन्दीप रहेको टिमले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १८६ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको प्याट्रिवट्सले १४।५ ओभरमा सात विकेट गुमाउँदा १०७ रन मात्रै बनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कट्रिनाको नाम सुनेपछि उठ्दै सिट्ठी र ताली बजाउन थाले सलमान
  • वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जना पक्राउ
  • खोपबारे जान्नैपर्ने कुरा : कुन खोप कहिले ?
  • पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
  • डा. कार्कीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले बुझायो ज्ञापनपत्र
  • सिद्धार्थ मेमोरियललाई नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिताको उपाधि
  • सामुदायिक बिद्यालय सम्मेलनमा नेपालको प्रतिनिधित्व सोमनाथले गर्ने
  • आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा
  • संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा देखिने
  • नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ