एनआरएनए कोषाध्यक्षमा सोम सापकोटाको उम्मेदवारी

प्रकाशित मिति:

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनए को आगामी विश्वसम्मेलनमा सोम सापकोटाले कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी अहिले सहकोषाध्यक्ष छन् । आर्थिक रुपमा संस्थालाई बलियो बनाउने योजनासहित आगामी कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका हुन् । उनले संघद्धारा घोषणा गरिएका धेरै परियोजनमा आर्थिक अभाव रहेको वताउँदै अगामी दिनमा संघलाई आर्थिक रुपमा सम्पन्न बनाउन आफुुले भूमिका खेल्ने वताए सन् १९९६ मा स्वीजरल्याण्डबाट प्रवासी जीवन सुरु गरेका सापकोटा सन् २००६ मा गैरआवासीय नेपाली संघ पोर्तुगलको कार्यसमिती सदस्य, डेनमार्कका संस्थापक अध्यक्ष, केन्द्रीय सदस्य साथै, यूरोप सहसंयोजक , केन्द्रीय सदस्यमा रहेर आफ्नो जिम्मेवारी पुरा गरेका छन् । गैर आबासिय नेपाली संघ सहकोषाध्यक्षमा रहेर जिम्मेवारी पूर्ण काम गरेका सापकोटले यो कार्यकाल बाँकि रहेका अधुरा योजना सम्पन्न गर्न पुनः उम्मेदवारी दिन लागेको वताएको छ ।