हेटौंडा – उच्च अदालत पाटन हेटौंडा इजलासले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा धरौटीमा रिहा भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितको विषयमा आज अर्थात् भदौ २६ गते हुने भनिएको सुनुवाई स्थगित गरिएको छ । पत्रकार शासलकराम पुडासैनी आत्महत्या प्रकरणमा धरौटीमा रिहा भएका लामिछाने, पत्रकार युवराज कँडेलले दिएको निवेदन, सरकारी वकिल कार्यालयले दिएको निवेदन र चितवन जिल्ला अदालतको प्रतिवेदन माथि आज सुनुवाई हुने जनाइएको थियो ।लामिछाने र कँडेलका कानुन व्यवासयी शुशिलकुमार पन्तले आफू भदौ २६ गते देश बाहिर हुने भएकाले उपस्थित हुन नसक्ने भन्दै हेटौंडा इजलासमा निवेदन दिएका थिए । आफु उपस्थित हुन नसक्ने भएकाले पेशी स्थगित गर्न उनले निवेदन दिएपछि पेशी स्थगित भएको प्रवक्ता अमृत घिमिरेले जानकारी दिए ।
न्यायाधीयद्वय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलासले पेशी स्थगित गरी असोज २ गतेका लागि तोकेको घिमिरेले बताए ।पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछाने, पत्रकार युवराज कँडेल र अस्स्मिता भन्ने रुकु कार्कीललाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै सरकारी वकिलको कार्यालयले उच्च अदालतमा रिट दायर गरेपछि आजका लागि सुनुवाई तोकिएको थियो ।गत मंगबार उक्त रिट माथि भएको सुनुवाइमा न्यायाधीश टेकराज नेपालको एकल इजलासले रविसमेतको निवेदन, सरकारी वकिल कार्यालयको निवेदन र चितवन जिल्ला अदालतले पठाएको प्रतिवेन साथ राखी पेश गर्न आदेश दिएका थिए । यसअघि लामिछाने र कँडेलले चितवन जिल्ला अदालतले दिएको आदेश बदरको माग गर्दै उच्च अदालत उच्च अदालत पाटनको हेटौंडा इजलासमा निवेदन दिएका थिए ।