३ अष्ट्रेलियाली नागरिक इरानबाट पक्राउ

२६ भाद्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
44 Shares


सिड्नी – तीन अष्ट्रेलियाली नागरिक इरानमा पक्राउ परेका छन् । बुधबार सार्वजनिक भएको एक समाचारमा उक्त जानकारी दिइएको छ । इरानको राजधानी तेहरानमा पश्चिमाहरुलाई बन्धक बनाउने तथा थुनामा राख्ने गरिएको पछिल्लो घटनाको रुपमा ती अष्ट्रेलियाली नागरिकहरु पक्राउ परेका हुन् । थुनामा राखिएका ती तीन जनाका परिवारलाई अष्ट्रेलियाली विदेश मन्त्रालयले कन्सुलर सेवा प्रदान गरिरहेको जनाइएको छ । अष्ट्रेलियाले आफ्ना नागरिकको रिहाइका लागि प्रयास थालेको छ । तर उनीहरुलाई इरानमा कुनै अभियोग लगाएर थुनिएको हो वा होइन भन्ने बारेमा भने अष्ट्रेलियाले केही बताएको छैन । बेलायती पत्रिकाले दुई जना बेलायती महिलालाई तेहरानमा थुनामा राखिएको भनी समाचार सार्वजनिक गरेलगत्तै यी तीन जना अष्ट्रेलियालीलाई पनि नियन्त्रणमा लिइएको समाचार सार्वजनिक भएको हो ।

अष्ट्रेलियाली प्रसारण संस्था एबिसी ब्रोडकास्टरले ती दुई जना महिलामध्ये एकजनाका अष्ट्रेलियाली केटासाथी पनि तेहरानको एक थुनामा रहेको जनाएको समाचारमा उल्लेख गरिएको छ ।थुनामा परेका मध्येकी एक जना महिला प्राज्ञिक क्षेत्रकी भएको पाइएको छ । ती दुई महिला महिनौँदेखि थुनामा रहेको सो पत्रिकाले हालैमात्र सार्वजनिक गरेको थियो ।अष्ट्रेलियाले यसै हप्ताको सुरुमा नै इरानको भ्रमण नगर्न अथवा गर्नै पर्ने भएमा भ्रमणको औचित्य पुष्टि गरेर मात्र भ्रमण गर्न भन्दै आफ्ना नागरिकहरुलाई सूचना जारी गरेको थियो ।अष्ट्रेलियाले आफ्ना नागरिकलाई इरानको मात्र नभएर इराक र अफगानिस्तानको पनि भ्रमण नगर्न भनेको थियो । पछिल्लो समयमा अमेरिकाले नेतृत्व गरेको गल्फ सैन्य मिसनमा अष्ट्रेलियाले पनि सहयोग गर्ने जनाएको छ ।

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले गत महिना अमेरिकी नेतृत्वको उक्त सैन्य समूहमा अष्ट्रेलिया पनि सहभागी हुने र गल्फ मिसनमा योगदान गर्ने प्रतिक्रिया दिनुभएको थियो ।प्रधानमन्त्री मोरिसनको उक्त प्रतिक्रियापछि आफ्ना नागरिकहरु ती देशमा असुरक्षित होलान् भन्ने डरले ती देशहरुमा भ्रमणमा नजान सूचना जारी गरेको बताइएको थियो ।पछिल्लो समयमा अमेरिका र इरानबीचको सम्बन्ध बिग्रिएको छ । यसका कारण अमेरिकालाई सहयोग गर्दै आएका उसको समूहका देशहरुलाई पनि इरान र इराकले तारो बनाउने गरिएको पाइएको छ ।यसै कारणले हालैका दिनहरुमा अमेरिकालाई सहयोग गरिरहेका पश्चिमा देशका नागरिकहरु इरान र इराकमा असुरक्षित बन्ने गरेका छन् । रासस/एएफपी

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • घुस लिदै गर्दा कार्यकक्षबाटै नायब निरीक्षक पक्राउ
  • स्वास्थ्यमन्त्री अमेरिका जाँदै
  • १२ औै वाषिैकत्सवको अवसरमा सनराइज बैंकको रक्तदान कार्यक्रम
  • दुई विधेयक स्वीकृत, एक समितिमा
  • झापामा तालु नभएको बालिकाको जन्म
  • नागरिकलाई दुःखबाट मुक्त गराउन प्रधानमन्त्री ओलीका तीन उपाय
  • नागरिकता विधेयक पारित हुन नदिन सांसदहरुलाई सभापति देउवाकाे निर्देशन
  • सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट
  • विदेशमा बस्ने नेपालीहरुको मताधिकारको लागि जनसम्पर्क अमेरिकाले नेपाली राजदूतावासमा ज्ञापन…
  • सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस