गौरीराज जोशीले दिए एनआरएनएलाई एक करोड सहयोग

२६ भाद्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
39 Shares


काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाजका क्षेत्रीय संयोजक गौरीराज जोशीले संघलाई एक करोड सहयोग गर्नुभएको छ । गैर आवासीय नेपाली संघको अभियानलाई आगाडी बढाउने क्रममा अध्यक्ष भवन भट्टको आह्वानलाइ कदर गर्दै अमेरिकाजका क्षेत्रीय संयोजक जोशीले संघको खातामा १ करोड रुपैया सहयोग गर्नु भएको एनआरएनए केन्द्रीय कार्यालयले जनाएको छ ।

‘गैर आवासीय नेपाली संघको अभियानलाई आगाडी बढाउने क्रममा संघका अध्यक्षज्युको आह्वानलाइ कदर गर्दै अमेरिकाजका क्षेत्रीय संयोजक श्री गौरी राज जोशी ज्युले संघको खातामा रु १ करोड सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ। क्षेत्रीय संयोजक श्री गौरी राज जोशी ज्युको निरन्तर प्रगति को लागी हार्दिक शुभकामना।अध्यक्षज्युले अरु पदाधिकारीहरुलाई पनि सापटीको रुपमा सहयोग उपलब्ध गरन अनुरोध गर्नुभएको छ,’ संघले आफ्नो आधिकारिक फेसबुक पेजमा भनेको छ । जोशी आगामी अक्टोवरमा हुने निर्वाचनमा सचिवका प्रत्यासी हुनुहुन्छ । यसअघि संघका उपाध्यक्ष तथा आगामी निर्वाचनमा अध्यक्षका उम्मेद्वार कुमार पन्तले एक करोड सहयोग प्रदान गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • घुस लिदै गर्दा कार्यकक्षबाटै नायब निरीक्षक पक्राउ
  • स्वास्थ्यमन्त्री अमेरिका जाँदै
  • १२ औै वाषिैकत्सवको अवसरमा सनराइज बैंकको रक्तदान कार्यक्रम
  • दुई विधेयक स्वीकृत, एक समितिमा
  • झापामा तालु नभएको बालिकाको जन्म
  • नागरिकलाई दुःखबाट मुक्त गराउन प्रधानमन्त्री ओलीका तीन उपाय
  • नागरिकता विधेयक पारित हुन नदिन सांसदहरुलाई सभापति देउवाकाे निर्देशन
  • सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट
  • विदेशमा बस्ने नेपालीहरुको मताधिकारको लागि जनसम्पर्क अमेरिकाले नेपाली राजदूतावासमा ज्ञापन…
  • सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस