हेर्नुहोस : दुबै हात गुमाएका कृष्ण ओलीको हात जोडेपछी मिडियाका सामुन्ने यसरी देखा परे !

प्रकाशित मिति:

काठमाडौँ – आफ्ना पतिलाई कृतिम हात खुट्टा लगाउन सहयोग गर्ने देश विदेशका सबै शुभचिन्तकलाई रुपाले धन्यवाद दिएकी छन् । अन्तरजातिय विवाह गरेका रुपा र कृष्णको खुसी विवाह गरेको केही महिनामै लु टिएको थियो । करेन्ट लागेका कारण कृष्णले हात र खुट्टा गुमा एका थिए । सो अवस्थाको बारेमा सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि देश र विदेशवाट उनीहरुलाई आर्थिक सहयोग गर्नेको ओइरो नै लाग्यो । अहिले भारतवाट कृष्ण ओली कृतिम हात खुट्टा लगाएर नेपाल फर्किएका छन् । विहिवार नेपाल फर्केर घर पुगेका उनीहरुलाई भेट्न जानेको भिडनै लागेको छ । कृतिम हात लगाएर पहिलो पटक भेट्न आउनेहरुले दिएको मिठाई आफ्नो हातले रुपालाई खुवाउन पाउँदा कृष्ण दंग थिए । उनी अन्तराष्ट्रिय त्रिभुवन विमान स्थलमा आफै हिँडेर बाहिर निस्केका थिए । कृतिम हात लगाएपछि उनले हात चलाएर पनि देखाएका थिए । उनले रुपालाई मिठाई खुवाइदिए, गुलावको फूल समेत दिए । उनले युट्युव च्च्यानलवालाको माइक समातेर रुपालाई गित गाउन लगाए ।

रुपाले पनि निकै मिठो गीत गाइन् । गीत गाउँदा गाउँदै रुपाको आँखा रसाए । रुपाले आफुहरुलाई विपतको बेलामा सहयोग गर्ने देश विदेशमा रहेका नेपालीहरुलाई धन्यवाद दिएकी छन् । ५० दिन भारतमा बसेर कृतिम हात खुट्टा लगाएर आएका उनीहरुले कृतिम हातखुट्टा लगाउन निकै महँगो परेको पनि बताए । कृष्णले आफुमा आएको यस्तो परिवर्तनले पनि निकै खुसी जनाएका छन् । रुपा मगर र कृष्ण वली केही समयदेखि यूट्यूबमा ‘भाइरल’ छन् । विद्युत प्राविधिक कृष्ण र रुपा मगरबीच अन्तरजातीय विवाह भएको थियो ।

एक फिल्मको छायांकनका क्रममा देखभेट भइरहँदा कृष्ण र रुपाको मन साटियो । उनीहरुले बिहे गरे । तर, राम्ररी दाम्पत्य सुखभोग गर्न नपाउँदै कृष्ण वली जीवन–मर णको दोसाँधमा पुगे, विद्युतीय झट्का लागेर । अनेक उपचारपछि उनको प्राण जोगियो । तर, दुई हात र एउटा खुट्टा जोगिएन । उनी शारीरिक रुपले अशक्त भए । यहि मोडमा आइपुगेपछि हो, रुपा र कृष्णवीचको स्वच्छ माया–प्रेम दुनियासामू पुगेको । अशक्त श्रीमानप्रति रुपाको त्याग र समर्पण वास्तवमै अनुकरणीय थियो । उनीहरुको प्रेम–गाथा सर्वत्र फैलियो । अन्ततः देश–विदेशका मनकारी नेपालीले कृष्ण र रुपाको अनुहारमा खुसी देख्न चाहे । उनीहरुले स्वतस्फूर्त आर्थिक सहयोग जुटाइदिए । अहिले यो जोडीको अनुहारमा मुस्कान पmर्किएको छ । कृष्ण कृत्रिम हात खुट्टाको सहारामा जीवन बाँच्ने आशामा छन् । देश र विदेशवाट आएको आर्थिक सहयोगले अहिले कृष्णको कृतिम हात खुट्टा लागेको छ ।