‘मेरी बास्सै’बाट बाहिरिएका राजु मास्टर र बल्छी ध्रुबेले ल्याउदै छन ‘हल्का रमाईलो’

प्रकाशित मिति:

हास्य टेलिसिरियल ‘मेरी बास्सै’बाट बाहिरिएको टिम नयाँ टेलिसिरियल ‘हल्का रमाइलो’का साथ दर्शकमाझ आएको छ । नेपाल टेलिभिजनबाट हरेक आइतबार राति ८ः५० बजे प्रशारण हुने गरी राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे)को लेखन तथा निर्देशनमा ‘हल्का रमाइलो’ दर्शकमाझ आएको हो । हल्का रमाइलोको पहिलो भाग प्रसारण भएसँगै यसको चौतफी चर्चा चुलिएको छ । ‘हल्का रमाइलो’को पहिलो भागमा ग्रामिण परिवेशलाई समेटिएको छ ।

टेलिसिरियलमा सामाजिक कुरीतिहरुलाई जस्ताको तस्तै दर्शकमाझ प्रस्तुत गरिने ‘हल्का रमाइलो’को लेखक तथा निर्देशक मरिचान श्रेष्ठ (बल्छी ध्रुबे) बताए । यसअघि टेलिसिरियल भाद्र १ गते गतेबाटै प्रसारणमा ल्याउने निर्माण पक्षले तयारी गरेको भए पनि प्राविधिक कारणले भदौ २२ गतेबाट मात्र प्रसारणमा आएको जनाएको छ । निर्माण पक्षले टेलिसिरियलबारे सल्लाह र सुझावको अपेक्षा राखेको छ ।

यसैबीच चर्चित अर्को हास्य टेलिसिरियल भद्रगोलबाट बाहिरिएका अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)लगायतको पुरानै टिमले पनि नयाँ हास्य टेलिसिरियल ल्याउने भएका छन् । असोज २ गतेदेखि विहीबार राति ८ः५० बजे नेपाल टेलिभिजनबाट प्रसारण हुने उनीहरुले जनाएका छन् । ‘टिम त्यही, थीम त्यही तर फरक नाममा’ दर्शकमाझ आउने उनीहरुले जनाए पनि टेलिसिरियलको नाम चाहि सार्वजनिक गरेका छैनन् ।