विधान मस्यौदा समिति गठन गर्न नसक्दा कांग्रेसको भदौमा गर्ने भनिएको महासमिति बैठक अन्योलमा

प्रकाशित मिति:

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विधान मस्यौदा समिति गठन गर्न नसक्दा भदौमा गर्ने भनिएको महासमिति बैठक अन्योलमा परेको छ। चार महिनाअघि सम्पन्न केन्द्रीय समिति बैठकले नयाँ संविधानअनुसार पार्टी संरचना परिर्वतन गर्न र प्रतिनिधि र प्रदेशसभा निर्वाचन पराजयपछि संगठन सुदृढीकरणको रणनीति बनाउन कांग्रेसले भदौंमा महासमिति बैठक गर्ने निर्णय गरेको थियो।

सभापति शेरबहादुर देउवा र नेता रामचडेलबीच मस्यौदा समितिमा सहभागी गराउने संख्या र सदस्यको नामलाई लिएर विवाद हुँदा प्रत्यक वर्ष हुनुपर्ने महासमिति अन्योलमा परेको छ। केन्द्रीय समिति बैठक सकिएको चार महिना बित्दा विधान संशोधन मस्यौदा समितिसमेत गठन नभएपछि कांग्रेस महासमिति बैठक भदौमा नहुने निश्चित भएको छ । विधान संशोधन र संगठन सुदृढीकरणको कार्ययोजना तयार नहुँदा कांग्रेस महासमिति बैठक अब कहिले हुने भन्नेसमेत टुंगो छैन।