​सिटी एक्सप्रेस मनी ट्रान्सफर र अमेरिकाको रेमिट्लीबीच रेमिटेन्स सम्झौता

प्रकाशित मिति:

काठमाडौं – सिटी एक्सप्रेस मनी ट्रान्सफरले अमेरिका, युरोप र क्यानेडामा रहेका नेपालीलाई स्वदेशमा पैसा पठाउन सहज हुने गरी अमेरिकाको चर्चित रेमिटेन्स कम्पनी रेमिट्लीसँग सम्झौता गरेको छ । ती देशमा रहेका नेपालीले रेमिट्लीको मोबाइल एप्लिकेसन डाउनलोड गरी सजिलैसँग मोबाइलमार्फत् आफन्तलाई पैसा पठाउन सक्छन् ।

रेमिट्लीमार्फत् पठाएको पैसा नेपालमा सिटी एक्सप्रेसका सात हजारभन्दा बढी एजेन्टबाट भुक्तानी हुन्छ । त्यहाँका नेपालीले रेमिट्लीमार्फत् सिधै नेपालका जुनकुनै बैंकमा पनि रकम जम्मा गर्न सक्छन् ।

सिटी एक्सपे्रसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रेमिट्लीका प्रमुख कार्यकारी अधिकृत म्याथ्यु अप्पनहाइमरले सम्झौतामा हस्ताक्षर गरेका छन् । सिटी एक्सप्रेसले १३ वर्षदेखि विश्वभर आफ्ना रेमिट एजेन्टहरुबाट नेपालका एजेन्टहरुमा भुक्तानी सुविधा दिँदै आएको छ ।