‘को बन्छ करोडपति’का विजेता जैनले बल्ल पाए रकम

प्रकाशित मिति:

काठमाडौं – चर्चित फ्रेन्चाइज शो ‘को बन्छ करोडपति’ को पहिलो सिजनमा १५ वटै प्रश्नको सहि जवाफ दिएर एक करोड रुपैयाँ जित्न सफल राजिव जैनलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

आज काठमाडौंमा एक कार्यक्रमममा कार्यक्रम होस्ट नायक राजेश हमालको उपस्थितिमा विजेतालाई चेक हस्तान्तरण गरिएको हो । कार्यक्रम प्रशारण भएको चार महिनापछि जैनलाई चेक प्रदान गरिएको छ । विराटनगरका जैनले ४२ औं श्रृंखलामा सबै प्रश्नको जवाफ मिलाएर एक करोड रुपैयाँ जितेका थिए । अहिलेसम्म जैनले मात्र एक करोड रुपैयाँ जितेका छन् ।