न्यायिक समितिका सदस्यनै विद्युत चोरी आरोपमा पक्राउ

२६ भाद्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
50 Shares


रुपन्देही- स्थानीय तहको न्यायिक समितिका सदस्यनै विद्युत चोरी गरेको आरोपमा पक्राउ परेका छन् । घटना, बुधबार राति रुपन्देहीको मर्चबार क्षेत्रको हो । मर्चबार स्थित सम्मरीमाई गाउँपालिकाका न्यायिक समितिका सदस्य रमपत केवट पक्राउ परेका हुन् ।नेपाल विद्युत प्राधिकरण भैरहवा शाखाले रात्रिकालीन समयमा गरेको अनुगमनका क्रममा केवटसहित अन्य ३ जना पनि विद्युत चोरी गरी उपयोग गर्दै गरेको अवस्थामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा रमपतका छोरा संग्राम केवट, भाई सिरपत केवट र अन्य एक जना रहेका छन् ।

पक्राउ परेका ४ जनालाई मर्चबार प्रहरी कार्यालयमा राखिएको थियो । केवटका भाई सिरपत र अर्का एक जना ५० हजार जरिवाना बुझाई बिहीबार दिउँसो रिहा भएका छन् । बाबु छोरा दुबै अलग–अलग घरमा बस्ने दुबैले जरिवाना स्वरुप २ लाख ५० हजार बुझाउनु पर्ने देखिएको बुझिएको छ । जरिवाना बापतको रकम बुझाउन नसक्दा बाबुछोरा प्रहरी हिरासतमै रहेका छन् ।आफना गाउँपालिकाको त्यो पनि न्यायिक समितिका सदस्यले गरेको विद्युत चोरीको कार्यले सिंगो गाउँपालिकालेनै लज्जाबोध गरेको प्रमुख जितेन्द्र नाथ शुक्ल९बबलु०ले बताए । ‘सिंगो गाउँपालिकाका जनतालाई न्याए दिने ब्यक्तिलेनै बिद्युत चोरी गर्दै उपयोग गर्छन् भने त्यस्ता प्रतिनिधिले कसरी जनतालाई न्याय दिलाउन सक्छन् रु हामी यो बिषयमा गम्भीर भएका छौं’ गाउँपालिका प्रमुख शुक्लले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया