गौतम बुद्घ मा।वि केवलानीमा निशुल्क ड्रेस र शिक्षकलाई तलब वितरण

२६ भाद्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


रूपन्देही-रूपन्देहीको तिलोत्तमा ९, स्थित गौतम बुद्घ मावि केवलानीमा बिहिवार निशुल्क ड्रेस वितरण एंव निजि श्रोतका शिक्षकलाई तलब बितरण गरिएको छ ।गौतम बुद्घ मावि केवलानीद्घारा आयोजित एक कार्यक्रमका बीच मन्टेश्वरीदेखि कक्षा ३ सम्मका ६० जना विद्यार्थीलाई निस्शुल्क टिसर्ट र ट्रयाक वितरण गरिएको विद्यालयले जानकारी दिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तिलोत्तमा ९, का वडाध्यक्ष नारायण न्यौपानेले आफ्नै खर्चमा वालबालिकालाई करिब ३० हजार बराबरको ड्रेस बितरण गरेका हुन ।

त्यसैगरि सोही विद्यालयमा निजि श्रोतमा अध्यापनरत शिक्षिका गीता न्यौपानेको तलब शिर्षक पनि वडाध्यक्ष न्यौपानेले ब्योहोर्ने घोषणा गर्दै नगद रू ३० हजार प्रदान गरेका छन । त्यस्तै फुटवलको ड्रेस बापत १० हजार नगद समेत अध्यक्ष न्यौपानेले विद्यालयलाई हस्तान्तरण गरे । सो अवसरमा विद्यालयका अध्यक्ष भेषराज पाण्डेले विद्यालयमा फर्निचर निर्माणका लागी रू २० हजारको चेक हस्तान्तरण गरेका छन ।विद्यालयका अध्यक्ष भेषराज पाण्डेयको अध्यक्षता एंव तिलोत्तमा ९ का अध्यक्ष नारायण न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरूले, जिर्ण अवस्थामा रहेको विद्यालयलाई सहयोग गर्ने हातहरूलाई धन्यवाद दिदै आगामी दिनमा समेत सहयोगको अपेक्षा सधै रहिरहने बताएका थिए । विद्यालयका प्रअ। हेमलाल पौडेलको स्वागत एंव सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया