सरंचनाको मर्म अनुसार स्थानिय तहले गती लिन नसक्दा समस्या : पुर्व अध्यक्ष पौडेल स्थानीय तह पुर्नसंरचना आयोग

प्रकाशित मिति:

बुटवल, भदौ । ६ स्थानिय तह पुर्नसंरचना आयोगका पुर्व अध्यक्ष बालानन्द पौडेलले स्थानीय तह पुर्नसंरचना आयोगको मर्म अनुसार स्थानीय तहले गति लिन नसक्दा समस्या आएको वताएका छन् ।

रिपोर्टस क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले अहिलेको परिर्वतनमा ३ वटा तहले काम गरिरहेको भन्दै नेपालको शासन सत्ता त्यहिबाट सञ्चालनमा आएको बताएका हुन ।

अहिले सेवा प्रवाह गर्ने ईकाईहरु स्थानिय तहमा नै गएको कारण जनताको बढि भन्दा बढि सुविधा प्रवाह पाउनु पर्ने बताए । तर दक्ष जनशक्तिको कारणले जनतालाई सेवा दिन स्थानीय तह अझै सक्षम देखिएन् ।

एकात्मक व्यवस्थाबाट संघीय संरचनामा गएको बेलामा यसको बुझाईमा समस्या भएकोले सघियताको अभ्यास गर्दा कानुन , शासन गर्ने क्षमता र शैली आदिले स्थानीय तहले सहि रुपमा अगाडी जान नसकेको ठहर छ ।

उनले हिजोको दिनमा एकात्मक रुपमा एउटा तहले सासन गरिरहेको बेलामा अहिले तिन वटा तहले कानुन बनाउने, योजना बनाउने, विकास निर्माण गर्ने कार्य गर्दा अलमलमा परेको जस्तो देखिएको बताए । अहिले मुलकमा संक्रमणको चक्र पुरा नभएको कारण जिम्मेबार नेताहरु मनपरि बोल्नु नहुने सुभाव दिए ।

राज्यमा शक्तिको प्रयोग गर्ने सरकारको रुपमा स्थानिय तहको पुनंसंरचना गरिएको उनको भनाई रहेको छ। कामलाई बढि भन्दा बढि ठिक ढंगले सेवा प्रवाह गर्नको लागि स्थानिय तहको परिकल्पना गरिएको भन्दै स्थानिय तह संरचना गठन गरेपनि कामलाई प्रभावकारी ढगले आगडि बढाउनु पर्ने बताए ।

स्थानिय तहको पुर्नसंरचना गर्दा सबै तत्वहरुको प्रयोग गरिएको जानकारी दिदै उनले जनसंख्या,भुगोल लगायतालाई आधार मानेर कार्य गरेको बताए ।

स्थानिय तहमा निर्माण गर्ने ऐन तथा नियमको विषयमा कतिपय संरचना संविधान संम्मत नभएको कारण कतिपय बेलामा सर्बोच्चमा पनि कुरा जाने गरेको बताए ।

संघीयतामा नेपाल फड्को मार्ने भन्दा पनि अहिले सिक्दै गर्देको अवस्थामा भएकोले सवै क्षेत्रको सहकार्यको जरुरी छ ।

अहिले स्थानीयतहमा लिईने कर र सेवाको विषयमा बढि चर्चा हुने गरेको भन्दै उनले २० बर्ष सम्म चुनाव नभएको अवस्थाम विगतामा कर तिर्ने बानी हराउदै गएकोले करको धेरै चर्चा भएको उनको बुझार्ई छ।

स्थानिय तहले कर वा सेवा को विषयमा बुझाउन नसकेको कारण केही समस्या रहेको भन्दै यस विषयमा जनतालाई बुझाउपर्ने बताए ।

कर अप्रत्यक्ष हुनुभनेको राम्रो हो स्थानिय तहमा लिदै आएको कर प्रत्यक्ष कर भएको कारण बढि चर्चा हुने गरेका धारणा राखे । कर दोहोर लगाउन मिल्दैन् । कर र सुशासन एकै पटक जार्नुपर्छ । कर माथी सुशासन तल हुदाँ जनताबाट बिरोध आउनु स्वाभिक रहेको बताए ।