राष्ट्रपतिद्वारा ईद्रजात्राको शुभकामना

२७ भाद्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ– काठमाडौँ उपत्यका लगायतका स्थानहरुमा मनाइने परम्परागत धार्मिक साँस्कृतिक महत्वको कुमारी ईन्द्रजात्रा पर्व २०७६ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिनुभएको छ ।सो पर्वको अवसरमा उहाँले स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।‘ईन्द्रजात्रा अनमोल ऐतिहासिक र साँस्कृतिक धरोहरको पहिचान बोकेको काठमाडौंमा विशेष उत्साहका साथ आठ दिनसम्म वर्षा र सहकालका देवता ईन्द्र पूजन एवम् बिभिन्‍न देवी देवतासँग सम्बन्धित नाचगान साथै कुमारी, भैरव र गणेश रथयात्रा गर्दै मनाउने चलन छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘यस्ता परम्परा एवम् साँस्कृतिक पर्वहरुले सबै नेपालीहरूबीच विविधतामा एकता, सामाजिक र साँस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्‍भाव अभिवृद्धि गर्नुका साथै आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुग्नेमा विश्वस्त छु ।’उहाँले यस्ता साँस्कृतिक धरोहरहरुको पारम्परिक निरन्तरता कायम राख्‍न सबै एकजुट हुन सकौँ भन्ने कामना गर्नुभएको छ । भन्नुभएको छ, ‘प्रकृतिप्रेमी ईन्द्रसँग जोडिएको यस पर्वले प्रकृतिको संरक्षण र कृषिप्रधान मुलुकको समृद्धिमा टेवा पुगोस् साथै सबै नेपालीमा शान्ति छाओस् भनी ईन्द्रजात्राको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया