नेपालगन्ज मा भएको घटना प्रती सरकार र नेकपा नसच्चिय कांग्रेस सोच्न बाध्य हुने सभापति शाहको चेतावनी

प्रकाशित मिति:

नेपाली कांग्रेस का प्रभावसाली नेता सार्बजनिक लेखासमिती सभापति भरत कुमार शाह ज्यु ले राष्ट्रिय जागरणको दोस्रो चरणको अभियानका क्रममा बिहीबार बाँकेको खजुरा गाउँपालिकामा भएको कार्यक्रममा नेकपाका कार्यकर्ताले गरेको सांघातिक आक्रमणको निन्दा गर्नु भएको छ । आक्रमणमा संलग्नलाई कडा कारबाही गर्न सभापति शाहले माग गर्नुभएको छ ।

नेता शाहले नेकपाका खजुरा गाउँपालिका १ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा १३ १४ जनाको समूहले कार्यक्रमस्थलमा प्रवेश गरी कार्यक्रम गर्न पाउँदैनौ भन्दै पार्टीका बाँके सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाललगायत दर्जनौँ कार्यकर्तामाथि हमला भएको दुस्खद खबर सुन्न पर्दा आफू निक्कै चिन्तित भएको बताउनु भएको छहमलाबाट कोइरालाको हात भाँचिएको र दर्जनौँ कार्यकर्ता घाइते भएको खबरले युद्ध को धङ्ग्दी अझै नेकपा मा कायमै रहेको प्रष्ट देख्न पाइन्छ । जनाएको छ । ‘यत्रो ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासनसमेत संवेदनशील नहुनुलाई कांग्रेसले सुनियोजित एवं अत्यन्त गम्भीर घटनाको रुपमा लिएको छ,’बढ्दो महंगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार, हत्याका, अलोकतान्त्रिक विधेयक र कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनविरुद्ध कांग्रेसले गरेको कार्यक्रममा उर्लदो जनलहर र जनसहभागिता देखेर सर्वसत्तावाद उन्मुख कम्युनिष्ट सरकार र उनीहरुका कार्यकर्ताहरु अतालिएको विज्ञप्तिमा छ । कांग्रेसले घटनाको घोर निन्दा र भत्र्सना गर्दै यस्ता घटनाहरु नदोहोर्याउन नेकपालाई चेतावनी दिदै युद्ध नै क्रान्ति हो सम्झने लाई कांग्रेस को इतिहास हेर्न नेता शाह चेतावनी दिनु भएको छ ।