वडा अध्यक्षको कारमा आगजनी

२७ भाद्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


कञ्चनपुर – यहाँका एक वडा अध्यक्षको कारमा आगजनी भएको छ । जिल्लामा पर्ने शुक्लाफाँटा नगरपालिका–७ का वडा अध्यक्ष जगतबहादुर सिंहको कारमा गएराति अज्ञात समुहले आगजनी गरेको हो ।बा २१ च ८५०७ नम्बरको कार पार्किङ गरेर राखिएको अवस्थामा रातिको समयमा आगो लगाउँदा कारको पछाडीको भाग जलेको इलाका प्रहरी कार्यालय झलारीले बताएको छ ।आगजानी गर्ने समुहको खोजी कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया