ब्राजिलीयन सुपरस्टार रोनाल्डिन्होले सन्यास फिर्ता लिए

२७ भाद्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
80 Shares


एजेन्सी- स्ब्राजिलका सुपरस्टार फुटबलर रोनाल्डिन्होले सन्यास फिर्ता लिएका छन । उनले सन् २०१८ को जेनवरीमा फुटबलबाट सन्यास दिएका थिए ।डेली मेलको अनुसार ३९ वर्षीय रोनाल्डिन्होले कोलम्बियाको सान्टा फे बाट फुटबल खेल्ने भएका छन् । उनी यहि अक्टोबर १७ तारिखमा हुने मैत्रीपूर्ण खेलबाट फेरि फुटबल मैदानमा देखिने छन् ।सान्टा फे कोलम्बियाको सबै भन्दा सफल क्लब हो, सान्टा फेले १७ पटक लिग उपाधि जितिसकेको छ । यो भन्दा अघि पनि माल्टिज प्रिमियर लिगका र्बार्किकारा जाने हल्ला चलेको थियो ।उनका बुवाआमाले गुइबा नदीमा फिसिङ प्ल्यार्टफर्म अवैधानिक रुपमा खोलेको भन्दै अदालतले २ दशमलव ३ मिलियन डलर जरिवाना लगाएको थियो । त्यही मुद्दामा उनलाई पनि अदालतले देश बाहिर जाँदा अनुमति लिनुपर्ने निर्देशन दिएको थियो ।अदालतले उनलाई बुवाआमाको जरिवाना नतिरेको भन्दै देशबाहिर जान रोक लगाएको थियो ।

अब उनको यो निर्णयमा अदालतको पक्षलाई कसरी सम्हाल्नेछन त्यो भने आउँदा दिनहरुले देखाउनेछन् ।रोनाल्डिन्हो २ पटकका फिफा बर्ष खेलाडी भएका छन् । उनी २००४मा र २००५ मा फिफा बर्ष खेलाडी खेलाडि घोषित भएका थिए ।जीवनयात्रा-रोनाल्डिन्होको खेलजीवनको शुरुवात जर्मियोको युवा टिमबाट भएको थियो । त्यसपछि उनी पेरिस सेन्ट जर्मेन पीएसजी बाट खेलेका थिए ।रोनाल्डिन्होले पेरिस सेन्ट जर्मेनलाई कूप डे ला लीग २००१०२ संस्करणमा सेमीफाइनलसम्म पुर्याउन महत्वपूर्ण भुमिका खेलेका थिए । उनले २००२०३को सीजनमा पीएसजीलाई कूप डी फ्रान्सको पीएसजीलाई फाइनलमा पुर्याए ।रोनाल्डिन्हो बार्सिलोनाको लेजेण्ड खेलाडी समेत हुन् । रोनाल्डिन्होले २००४०५ मा आफ्नो पहिलो लिग उपाधि दिलाए । उनले २००५०६को च्याम्पियनस लीग फाइनलसम्म बार्सिलोनालाई पुर्याएको थियो । उनी २००५ ६ को वर्षको च्याम्पियनस लीगका खेलाडी घोषित भएका थिए ।२००८ मा रोनाल्डिन्हो बार्सिलोनाबाट मिलान गए, त्यसपछि उनी फ्लामेङ्गो गएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया