१८औ संस्करणको एशियाड पुरुष भलिबलको समूह डि को पहिलो खेलमा नेपाल चाईनिज ताइपेईसग पराजित भएको छ

प्रकाशित मिति:

दिपक न्यौपाने  जकार्तास्थित जिबिके इन्डोर भलिबल एरिनामा भएको खेलमा नेपाल चाइनिज ताईपेईसँग तिन शुुन्यको सोझो सेटमा पराजित भएको हो । ताइपेईसँगको पहिलो सेट निकै प्रतिस्पर्धात्मक भएको थियो जसमा नेपाल २५–२३ ले हार्न बाध्य बन्यो । दोश्रो सेटमा नेपाल २५–१९ ले हारेको थियो भने तेश्रो सेट २५–१५ले गुमाउन पुुगेको थियो । नेपालले समूहको अन्तिम खेल कोरियासँग खेल्नेछ । यस समूहमा चाईनिज ताइपेइ २ खेलबाट चार अंकका साथ पहिलो स्थानमा छ भने कोरिया १ खेलबाट २ अंकका साथ दोश्रो स्थानमा छ । नेपाल अंकविहिन रहँदै तेश्रो स्थानमा छ । पुरुष भलिबलमा नेपाल सहित २० राष्ट्रको सहभागिता रहेको छ ।
जकार्तास्थित जिबिके एक्वाटिक सेन्टरमा भएको पुरुष एकसय मिटर ब्रेस्ट स्ट्रोकको पहिलो हिटमा नेपालका सुुभम श्रेष्ठ तेश्रो हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् । उनले एकसय मिटर ब्रेस्ट स्ट्रोकको पहिलो हिट एक मिनट एघार दशमलब ३७ सेकेन्डमा पुरा गरेका थिए । त्यसैगरी महिला दुुईसय मिटर फ्रिस्टाईलमा नेपालकी गौरिका सिंह पनि आफ्नो हिटमा सातौ हँुुदै बाहिरिएकी छिन् । गौरिकाले उक्त दुरी दुुई मिनट १२ दशमलब ५३ सेकेन्डमा पुरा गरेकी थिईन् ।
जकार्ता कन्भेन्सन सेन्टरमा भएको पुरुष तेक्वान्दोको ६३ केजी तौल समूह्बाट नेपालका बिरबहादुुर महरा बाहिरिएका छन् । यस यस समूूहको प्रि क्वार्टरफाईनल खेलमा महरा कजाखस्तानका बक्तियारुली काजीबेकसँग ३०–१९ ले हारेका थिए । यसअघि पहिलो चरणको खेलमा महराले अफगानिस्तानका बक्सि एहमदलाई २४–१३ले पाखा लगाउँदै प्रि क्वार्टरमा पुुगेका थिए । त्यसैगरी आजै भएको पुरुष ८० केजी तौल समूहको प्रि क्वार्टरफाईनलमा अफगानिस्तानसँग हार्दै नेपालका भुपेन श्रेष्ठको चुनौति समाप्त भएको छ । उनी अफगानी रमेश हुुसैनीसँग २७–७ ले पारजित भएका थिए ।
फेन्सिङको महिला साब्रे प्रि क्वार्टरफाईनलमा नेपाल थाईल्याण्डसँग पराजित भयो । थाइल्याण्डले नेपाललाई १०–४५ अंकले हराउँदै क्वार्टरफाईनलको यात्रा तय गरेको हो ।
उता जकार्ताको जेआई ई एक्स्पो सेन्टरमा भएको उसुमहिला चाङक्वाङ फाईनलमा नेपालकी सुुस्मिता तामाङ सातौ भएकी छिन् । ८ राष्ट्रका खेलाडी सहभागि भएको चाङक्वाङ फाईनलमा सुुस्मिताले ९ दशमलब २५ अंक प्राप्त गरिन् । यस स्पर्धामा चिनकी क्वि जिन ई ले स्वर्ण पदक हात पारिन् भने मकाउकी लि ईले रजत तथा भियतनामकी होवाङ गिआङले कास्य पदक हात पारिन् । अरु खेल पछि हुन्छ त्यसैबेला स्क्रिप्ट आउँछ ।