नवनिर्मित विज्ञान प्रयोगशालाको शुभारम्भ

प्रकाशित मिति:

बिपिन नेपाल ,बुटवल भाद्र २६ नवीन औद्योगिक कदर बहादुर रीता मा।वि। देवीनगरमा नवनिर्मित विज्ञान प्रयोगशालाको बिहिबार शुभारम्भ गरियो ।
उक्त समारोहमा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका कार्यवाहक नगर प्रमुख गोमादेवि आचार्यले विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुरायाएकोमा धन्यवाद दिदै भावी दिनहरुमा अझै सुधार गर्दै जान सुझाव दिनुभयो ,साथै यसै कार्यक्रमा उहाँले बुटवललाई एउटा नमुना ठाउँ बनाउनको निम्ति प्रदेश सरकार लागि परेको र डेंगु नियन्त्रणको लागि वासस्थान पहिचान गरि नष्ट गर्ने तर्फ बुटवल उप महानगरपालिका लागि परेको धारणा समेत व्यक्त गर्नु भयो थियो ।
विद्यालयका सल्लाहकार प्राध्यापक आनन्दमान शिह शाक्यले विद्यालयले गणित तथा नेपाली प्रयोगशाला निर्माण एवं अनुसन्धान तथा विकासलाई पनि ध्यान दिन सुझाव दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको सञ्चालनमा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिका वार्ड नं। ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, शिक्षक अभिभावक संघका अध्यक्ष मदन विष्ट, विज्ञान संकायका विभागिय प्रमुख लक्ष्मी नारायण चौधरी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो साथै जीव विज्ञान शिक्षक रोशन तिवारी, भौतिक शास्त्र शिक्षकहरु भीमराजखनाल, कृष्ण बहादुर घर्ती रसायन शास्त्र शिक्षक सपना भटृराईले प्रयोगशालाहरुको बारेमाजानकारी गराउनु भएको थियो ।उक्त अवशरमा बुटवल उप महानगरपालिकाको ६ लाखपचास हजार विद्यालयको ६ लाख ४८ हजार ४सय २८ रुपैया ५५ पैसा गरी जम्मा १२ लाख अन्ठानब्बे हजार ४ सय २८ रुपैया पचपन्न पैसाको लागतमा आधुनिक स्तरीय विज्ञान प्रयोगशाला निर्माण गरिएको छ । हाल विद्यालयले विज्ञान संकाय सञ्चालन गरेको छ ।

उक्त अवशरमा त्रिभुवन विश्व विद्यालय पुल्चोक इन्जिनियरिङ क्याम्पस पुल्चोकमा पूर्ण छात्रवृतिमा नाम निकाली भर्ना हुन सफल कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ अध्ययन गरेकी छात्रा सुजाता खरेललाई प्रमुख अतिथिले प्रशसा पत्र द्धारा सम्मान गर्नु भएको थियो ।सोही अवशरमा नवलपरासी टेक्वाण्दो एसोसियसनद्धारा आयोजित प्रथम अन्तर विद्यालय स्तरीय आमन्त्रण क्ष्त्ँ ले टेक्वाण्दो प्रतियोगिता २०७६ मा स्वर्ण पदक विजेता विद्यार्थीहरु राज थापा, सन्दिप शिह सुनार र अविक्षा श्रेष्ठलाई प्रमुखअतिथिले पुरस्कार वितरण गर्नु भएको थियो ।हाल विद्यालयमा २००९ विद्यार्थीहरु अध्ययनरत रहेका छन् । ४० औ राष्ट्रिय शिक्षादिवसको अवशरमा सामाजिक विकास मन्त्रालय प्रदेश नं। ५ शिक्षा विकास निर्देशनालयको मूल्याङ्कनमा यस विद्यालयप्रदेश नं। ५ मा विद्यालय ५ नम्वरमा रुपन्देही जिल्लामा दोस्रो नम्वरमा र बढी विद्यार्थी संख्याको आधारमा रुपन्देही जिल्लामा चौथो नम्वरमा रहेको छ ।