चर्चित गायक प्रकाश सपुत ११ बर्षिया बाल गायिका कमला बारे यसो लेख्छन

२७ भाद्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
91 Shares


काठमाडौं  – एबिसी टेलिभिजनमा आउने लोक दोहोरीको कार्यक्रम इन्द्रणीमा बालिका कमलाले वरिष्ठ लोक गायक राजु परियारसंग गायको दोहोरी साँच्चै हेर्ने लायक छ । दोहोरी र लोकगीतको अभिभावक राजु परियारलाई कमलाले निकै चोटीलो जवाफ दिएकी छन् । अहिले सम्मकै रेकर्डमा यो धेरैले हेरेको कार्यक्रम बनेको छ । सो कार्यक्रम हेरेका गायक प्रकाश सपुतले आफ्नो मन थाम्न सकेनन् । अनि सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका छन् । हेरौं उनले लेखेको स्टाटस जस्ता को तस्तै :

हो दोहोरी, दोहोरी जस्तो हुनुपर्छ सबैले मन पराउछन । जेनेरेशन को के कुरा ? भेग को कुरा ?  पत्याय हेर्नुस त ? ईन्द्रेणिको यो अंक ट्रेन्डिङ र भ्यु मात्र होईन लाईक कमेन्ट र सेयर । वा । कमला घिमिरेलाई हार्दिक स्वागत र धन्यबाद । तिम्रो आगमनले अर्को ५ दशक दोहोरी मर्दैन । तिमीले मात्रै गायौ भनेपनि पुस्ताको प्रतिनिधित्व हुनेछ । तिमीलाई तिम्रा उमेरका पुस्ताले पछ्याउनेछन । सुन्नेछन , सिक्नेछन । तिमी पछि फेरी तिमी भन्दा सानी कमला आउनेछिन । र यो अमुल्य दोहोरी संस्कृति रहिरहनेछ अजम्बरी । हामी बेकार सतहि बहस गर्छौ मात्रै । पहिला गाउ गाउको मन जितेर एउटा गित रेकर्ड गर्न महिनौ हिडेर मिडियामा आएका सम्मानित अग्रजहरु हुन वा सिधै मिडियामा आएर गाउ गाउको मन जितेकी कमला हरु । अलौकिक समयले सिर्जना र कलाकारहरु जन्माईरहेको हुन्छ। हामीले ग्रहण गर्नु पर्छ । स्विकार्नुपर्छ । हावा, पानी, घाम , जुन स्विकारे जस्तै । घाम को ताप खिचेर घामबाट बिजुले निकाले जस्तै कहिले काहि दोहोरी मा समय सुहाउदो प्रयोग गर्दा र परिमार्जन गर्दा कसैले टाउको दुखाउनै पर्दैन । सोलारले घाम सक्छ र ?

अ साच्चि कमला नानी । हुनत ठुली हुदै जादा अझै निखारिदै जाउली, मैले दोहोरी खेल्दा अग्रज रमेश बिजि दाईहरुले भनेको कुरा तिम्लाई भन्छु काम लाग्न सक्छ (प्रत्यक टुक्काको ठाडो जवाफ दिदा प्रसंग त्यहि सकिन्छ । दोहोरी खेल्नु भनेको जवाफ दिनु मात्रै होईन, सवाल गर्नु पनि हो । अलिकति अरुलाई अगाडि जान दिनु पनि हो, फेरी अर्को टुक्कामा आफुले उछन्नु हो । अब दोहोरी खेल्दा बाटो छोडेर पनि खेल्नु है । तिम्रो आत्मविश्वासको फ्यान भए मत । धेरै धेरै शुभकामना । अनि राजु परियार दाई ? । तपाई त सधै किङ नै हो । यो दोहोरीमा तपाईको धैर्यता र शब्दहरु उफ़ । नानीको उमेर र अनुभव सुहाउदो कति स्वस्थ र सरल दोहोरी गाउन सक्नु भएको । तपाई सधै आदरणिय हुनुहुन्छ । 🙏 धेरै पछि पुरै दोहोरी हेरेको, पुरै फिलिङस मा । मज़ा आयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • स्याङ्जा र तनहुँका थप तीन जनामा कोरोना संक्रमण पुष्टि
  • यसै वर्षको अन्तमा कोरोनाको भ्याक्सिन विश्वबजारमा आउने दाबी
  • निःशुल्क पीसीआर परीक्षण गर्न सर्वोच्चको आदेश
  • अमेरिकामा चारसय स्वास्थकर्मीलाई नेपालीले खुवाए खाना
  • बुटवलको कोरोना विशेष अस्पतालबाट निको भएर चार जना घर फर्किए
  • नवलपरासीमा नंया प्रहरी प्रमुख आएसंगै तस्करहरुको भागाभाग
  • लकडाउन लम्ब्याउने हो भने नागरिकहरुको हेरचाह गर्ने सम्पूर्ण जिम्मेवारी राज्यले…
  • आँधिखोला लघुवित्त वित्तिय संस्था द्वारा प्रदेश–५को विपद् ब्यवास्थापन राहत कोषमा…
  • बाजुरामा दुई वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएको पुष्टि
  • गाई संरक्षणका लागि गौशाला निर्माण