लुम्बिनीमा ३ दिने न्युज फेस्टिभल चल्ने

प्रकाशित मिति:

बुटवल – लुम्बिनी भ्रमण वर्ष २०७६ काे अवसर र नेपाल भ्रमण वर्ष २०२० काे पूर्वसन्धयमा लुम्बिनीमा ३ दिने न्युज फेस्टिभल हुने भएकाे छ । लुम्बिनी प्रेस क्लबकाे आयाेजनमा हुने फेस्टिभलमा नेपालका विभिन्न रास्ट्रिय पत्रिकाका सम्पादक, टिभि, रेडियाे तथा अनलाईनका सम्पादकहरु तथा नेपाल स्थित अन्तर्राष्ट्रिय मिडियाका प्रतिनिधिहरुकाे सहभागिता रहने क्लबका अध्यक्ष दिपेश पछाईले बताए । थाईल्यान्डकाे बैंककमा बसेकाे प्रेस क्लबकाे बैठकले आगामी मंसिर १, २ र ३ गते लुम्बिनीमा फेस्टिभल गर्ने निर्णय गरेकाे हाे । प्रदेश नम्बर ५ सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ मनाईरहेकाे बेला लुम्बिनी प्रेस क्लबकाे १८ सदस्यीय पत्रकारकाे टाेली ४ दिवसिय पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सहित थाईल्यान्ड पुगेको क्लबका सल्लाहकार कमल रायमाझीले बताए । लुम्बिनी भ्रमण गर्ने विदेशिमा थाईहरुकाे संख्या अधिक रहेकाे छ ।

लुम्बिनी वर्ष २०७६ र नेपाल भ्रमण वर्षकाे सन्दर्भ पारेर हुन लागेकाे कार्यक्रममा “माेफसल”काे समग्र पत्रकारिता, संघीयतामा प्रेसकाे संरचना, पर्यटन प्रवर्द्धनमा पत्रकारकाे भूमिका, समाचारका विषय, लेखन र साहित्य, कलाकाे विषयमा नेपालमा अग्रज पत्रकार/सम्पादक, लेखक, संवाददाता सहभागी भएर बहसकाे सृजना गर्नुकाे साथै कार्यक्रमले माेफसलकाे पत्रकारितालाई उचाइ प्रदान गर्ने विश्वास अध्यक्ष पछाईले गरेका छन् ।

नेपालमै पहिलाेपटक बुद्धभूमि लुम्बिनीमा हुने न्युज फेस्टिभल साच्चिकै महत्वपूर्ण हुने क्लबका सदस्य दिपेन्द्र बडुवालले बताए । बैठकले क्लबका अध्यक्ष दिपेश पछाईकाे संयाेजकत्वमा १५ सदस्यिय मुल आयाेजक समिति र सल्लाहकार कमल रायमाझीकाे संयाेजकत्तवमा ५ सदस्यिय निर्देशन तथा सल्लाहकार समिति समेत गठन गरेकाे क्लबका सचिब माधब न्याैपानेले बताए । थाईल्यान्ड र नेपालकाे सांस्कृतिक तथा पर्यटन सम्बन्धलाई प्रगाढ बनाउन पत्रकारकाे थाईल्यान्ड भ्रमण उपलब्धिमुलक भएकाे भ्रमण समितिका संयाेजक समेत रहेका क्लबका उपाध्यक्ष नरेश केसीले बताए । हरेक वर्ष ५० हजार भन्दा बढि नेपालीले थाईल्यान्ड भ्रमण गर्ने गर्दछन् । गत वर्ष मात्रै ५३ हजार नेपालीले थाईल्यान्ड भ्रमण गरेकाे बैंककस्थित नेपाली दूतावासका प्रथम सचिव कृपाराम रिजालले जानकारी दिए ।