नेपाल आइडल सिजन–३ को अडिसन भदौ ३१ बाट

प्रकाशित मिति:

काठमाडौं – नेपाल आइडल सिजन–३ को अडिसन यही भदौको अन्तिमबाट सुरु हुने भएको छ । भदौ ३१ गतेबाट सुरु हुने अडिसन कात्तिकको पहिलो हप्तासम्म चल्ने छ । पहिलो अडिसन भदौ ३१ गते पोखरामा हुनेछ भने असोज ३ गते बुटवलमा हुनेछ । असोज ६ गते नेपालगञ्जमा अडिसन हुनेछ भने वीरगञ्जमा असोग १० गते हुने नेपाल आइडलले जनाएको छ ।

विर्तामोडमा असोज १४ गते हुने अडिसन काठमाडौंमा कात्तिक २ गते हुनेछ । १६ वर्ष देखि ३० वर्ष उमेरका व्यक्ति अडिसनमा सहभागी हुन पाउने छन् । नेपाल आइडलको पहिलो सिजनको विजेता बुद्ध लामा भएका थिए भने दोस्रो सिजनको बाजी रवी ओडले मारेका थिए ।