नेपाली विद्यार्थी पढ्नका लागि विदेश जान पर्दैन – मन्त्री गिरी

प्रकाशित मिति:

                                                          ♦ गुणस्तरीय शिक्षाका लागि नयाँँ शिक्षा नीति आवश्यक 

विष्णु घिमिरे/बुटवल – प्रदेश नम्बर ५ का उद्योग वन तथा बातावरण मन्त्री लिला गिरीले नयां नीतिको आधारमा अबको शिक्षालाई अगाडी बढाउनु पर्ने बताए । पुरानो शिक्षा नीतिले शिक्षामा गुणस्तर दिन नसक्ने भएकाले नयां शिक्षा नीति अहिलेको आवश्यक्ता भएको बताए । व्यवहारिक तथा गुणस्तरीय शिक्षाका लागि अब विद्यार्थी पढ्नका लागि विदेश जान नपर्ने दावी गरे । नेपालमा दक्ष जनशतिको उत्पादन गरि गुणस्तरीय शिक्षा नेपालमै प्रदान गनको विकलप नभएको मन्त्री गिरीको भनाइ छ ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन रूपन्देही क्षेत्र नम्बर २ को कार्यकता भेलामा बोल्दै मन्त्री गिरीले नेपालमै प्राबिधिक शिक्षामार्फत युवाहरुलाइ रोजगारी दिनगरी सरकारले शिक्षाा नीति ल्याउने बताए ।

उनले नेकपाको पार्टी एकता प्रकृया लगभग अन्तिम चरणमा पुगेको दावी गर्दै अब राजनीतिक परिवर्तन मात्र नभई समृद्धिसंगै देशको विकास र परिवर्तनप्रति सरकार प्रतिवद्व रहेको बताए । तिनै तहका सरकारमा नेकपाको सरकार रहेको बताउंदै देशको विकासका निम्ती दक्ष जनशक्ति उत्पादनमा क्षेत्रमा लगाउनु पर्ने बताए । अनेरास्ववियु मुलको यउटा महत्वपूर्ण संगठन रुपमा रहेको बताउदै अबको शिक्षा नीतिमा सुधार गरी प्राविधीक शिक्षा ल्याउनमा अनेरास्ववियुको र्भूमिका महत्वपूर्ण हुने बताए । नेकपा रुपन्देही जिल्ला सचिव निर्मल जीसीले अब बिद्यार्थी संगठनहरु चलायमान रुपमा एकतावद्व भई अगाडी बढ्न आग्रह गरे ।

पूर्व विद्यार्थी नेता राजेन्द्र ढकालले रुपन्देहीको पाचँ ओटा क्षेत्रमा बिद्यार्थीको अगुवा कार्यकता भेला गरी संगठन बिस्तारलाई व्यापक रुपमा अगाडी बढाईएको बताए । कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य सरोज पोखरेल, केन्द्रीय सदस्य अनुप पोखरेल, अनेरास्वीयू जिल्ला अध्यक्ष लेखनाथ खनाल, रुपेस पौडेल, काशिराम आचार्यलगायतले आ-आफ्नो भनाइ राखेका थिए । साजन भण्डारीको अध्यक्षयता, शिव बेलबासेको स्वागत र शौरभ भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।