परावर्तन सहकारीको साधारण सभा सम्पन्न

प्रकाशित मिति:

सिता बराल /बुटवल – महिलाद्धारा सञ्चालित परावर्तन सामाजिक उद्यमी सहकारी संस्था लिमिेटेड बुटवल १३ को तेस्रो साधारण सभा आज बुटवल उपनगरपालिका वडा नम्बर १३ मा रहेको अर्घाखाची  पर्टी प्यालेस सम्पन्न भएको छ । सस्थाका अध्यक्ष नमकला बेलबासेको अध्यक्षता तथा नेशनल कोअपरेटर एन्लायस रुपन्देहीका अध्यक्ष रामकृष्ण खाडको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । साधारण सभामा संस्थाका अध्यक्ष नमकला बेलबासेले र्आिथक बर्ष २०७५र २०७६को र्बािषक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने सस्थाका कोषध्यक्ष अम्बिका पन्थीले अर्थिक प्रतिवेदन प्रस्तुते गनुभएको थियो ।

कार्यक्रममा संस्थाका जेष्ठ शेयर सदस्य चन्द्रकला क्षेत्री तथा सस्थालाइ अधि बठाउन सहयोग गर्ने सल्लाहाकारहरु पुरुषोत्तम बस्याल खिमानन्द पौडेल नारान खनाल तथा सस्थाका व्यवस्थपक श्रृष्टि आचार्य लगायतलाइ तथा नेशनल कोअपरेटर एन्लायस रुपन्देही का अध्यक्ष रामकृष्ण खाड प्रमुख अतिथि ले सम्मान गनुभएको थियो ।  कोअपरेटर एन्लायसका अध्यक्ष रामकृष्ण खाडले पारवर्तन सहकारीले तेस्रो बर्ष आइपुगेकोमा शुभकामना दिदै र आगामी दिनमा पनि सहकारी ले सहकारीका सदस्यले हरुलाई बिभिन्न किसिमका उद्यमसिलता तलिम राख्न आग्रह गर्नु भयो साथै वडा नम्बर १३ अध्यक्ष तथा जन प्रतिनिनिधिलाइ सहकारी लाइ उद्यमी तालिम हरुसञ्चालन गर्ने अनुरोध गर्नु भयो ।

त्यस्ता तालिमले महिला दिदि बहिनीको आत्माबल बढनुका साथै आत्माबल बढने बताउनुयो त्यस्तै उहाले बैक र सहकारी बीचको भिन्नता बारेमा प्रष्ट पार्नु भयो साथै सहकारीलाई आफनो शेयर सदस्यलाई ५०० सम्म पूरयाउन उहा आग्रह गर्नु भयो । कार्यक्रमका विशिष्ट अथिति बुटवल उपनगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष नारायण पुन कार्यपालिका सदस्य विष्णुकुमारी शर्मा ले आफनो ठाउबाट सहकारीलाइ जस्तो सुकै सहयोग गर्ने पनि तयार रहेको बताउनुभयो । त्यस्तै प्रदेश नम्बर ५का सहकारी सस्था का सचिव बसन्त ढकाल सहकारी कस्तो तरिका बाट अगाडि बढाउन सकिन्छ के के कुराहरु सहकारीमा हुनु पर्छ तथा सहकारी अब मर्च हुनु पर्नै औल्याउनुभएको थियो । कार्यक्रमा बुटवल उपनगरपालिका वडा नम्बर १३ का जन प्रतिनिधि बेल प्रसाद गैह्रे , खुमानन्द पौडेल , महिला सदस्य सरस्वती परियारल लेखा परीक्षक जिवनाथ अर्याल सल्लाहाकारहरु पुरुषेत्तम बस्याल , पूर्ण बाहादुर कार्की लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रम श्रृजना खनालको सञ्चालन एबम संथाका उपाध्यक्ष लक्ष्मी भण्डारीले स्वागत गर्नु भएको थियो ।