फूलबारीका नव निर्वाचित पदाधीकारीहरुको पदस्थापन

प्रकाशित मिति:

बुटवल –   फूलबारी बचत तथा ऋण सहकारी सस्था लिमिटेडको नव निर्वाचित पदाधीकारीहरुको पदस्थापन भएको छ । सहकारीको गत भदौ २१ गते सम्पन्न पाचौ अधिबेसनबाट निर्वाचित भएका पदाधीकारीको आज एक कार्यक्रमका बीच पदस्थापन गरिएको हो ।  सहकारीका नवनिर्वाचित अध्यक्ष चन्द्रमणी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालीका सहकारी बिभाग प्रमुख एवं निर्वाचन संयोजक गुणाखर खनालले पदभार ग्रहण गराउदै सहकारीको बिकासका लागी नव निर्वाचित समितीका सदस्यलाई व्यत्तिगत स्वार्थ भन्दा माथी रहेर सस्थाको हित हुने गरी कार्य गर्न सुझाव दिनु भयो ।

कार्यक्रममा निर्वाचन समितीका सदस्य टंक प्रसाद गैरे, पान कुमार क्षेत्री, सल्लाहकार प्रेम बहादुर फौजदार, विभिन्न उपसमितीका संयोजक लगायतले शुभकामना दिनु भएको थियो । सहकारीका व्यवस्थापक नारायण भुषालको धन्यवाद ज्ञापन रहेको कार्यक्रममा स्वागत लेखा समिती सदस्य बिकास गौतमले गर्नु भएको थियो । कार्यक्रमको संचालन समितीका सचिव रोशन पाण्डेको रहेको थियो ।