प्रदर्शनको तयारीमा रहेका शिव सेनाका करीव २०० जना कार्यकर्ता पक्राउ ।

प्रकाशित मिति:

काठमाडौं । इन्द्रजात्रामा सहभागी हुने राज्यका विशिष्ट पदाधिकारीहरुविरुद्ध प्रदर्शनको तयारी गरेको भन्दै शिव सेना नेपालका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । शिव सेना नेपालका प्रवक्ता विक्रम पाण्डेयका अनुसार वशन्तपुरबाट करिब २०० नेता कार्यकर्ता पक्राउ परेका छन् ।

प्रवक्ता पाण्डेयका अनुसार धर्मनिरपेक्षतावादी हीन्दु विरोधी राष्ट्र प्रमुख, सरकार प्रमुखले यस्ता धार्मिक कार्यक्रममा भाग लिन नैतिक हिसाबले पनि नमिल्ने भएका कारण शिव सेना नेपालले प्रदर्शनको तयारी गरिरहँदा प्रहरीले हस्तक्षेप गरेको हो । करिब १५०० नेता तथा कार्यकर्ताले कालो पहिरनमा धर्मनिरपेक्षता पक्षधरका विशिष्ट पदाधिकारीविरुद्ध प्रदर्शन गर्ने तयारी गरेको पाण्डेयले वताउनु भयो । शिवसेना अध्यक्ष अनिल बस्नेत, पूर्व डिआईजी विजय भट्ट र पूर्व मेजर केशव बस्नेत पनि पक्राउ परेका छन् ।त्यसै गरी पुनरुत्थानवादी शक्तिका नेता शेखरजंग रायमाझीसहित १३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।