तिलोत्तमा जेसीजको वक्तृत्वकला प्रतियोगिता सम्पन्न

२७ भाद्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
25 Shares


 

तिलोत्तमा, २७ भदौ । तिलोत्तमा जेसीजले बालदिवसको सन्दर्भ पारेर तिलोत्तमा नगर माध्यमिक बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । मणिग्राम स्थित शान्ति नमुना माध्यमिक बिद्यालयमा भएको प्रतियोगितामा होराईजन गौतम बुद्ध माध्यमिक बिद्यालय प्रथम, शान्ति नमुना माध्यमिक बिद्याल द्वितीय, सेन्ट जोसेफ स्कुल तृतीय र प्यारामाउण्ट सान्त्वना भएको तिलोत्तमा जेसीजका उपाध्यक्ष महेश शर्माले जानकारी दिनुभयो ।‘समुन्नत, सुरक्षित, वातावरण मैत्री, सुन्दर शहर, सुशासनयुक्त, पर्यटकीय र समृद्ध तिलोत्तमा नगर’ बिषयमा प्रतियोगिता गराईएको थियो । विजयी बिद्यार्थीलाई पुरस्कार प्रदान गर्दै तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले लगानीमैत्री र समृद्ध तिलोत्तमाको अभियानमा आफु रहेको बताउनु भयो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, शान्ति नमुना माध्यमिक बिद्यालयका अध्यक्ष शरद भट्टराई, प्रध्यानध्यापक कुलप्रसाद लामिछाने, सिद्धार्थ जेसिजका अध्यक्ष राकेश गुरुङ, पुर्व अध्यश्र दिपेन्द्रमान श्रेष्ठ अभिभावक संघका प्रदेश अध्यक्ष हेमबहादुर थापा, तिलोत्तमा जेसीजका संस्थापक अध्यक्ष विनोद ढकाल लगायतले भनाई राख्नुभएको थियो ।तिलोत्तमा जेसीजका अध्यक्ष जयप्रकाश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कानुनी सल्लाहकार तथा कार्यक्रम संयोजक बासुदेव शर्माले स्वागत तथा महासचिव राजु भण्डारीले सञ्चालन गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया