अध्यक्ष कृष्णप्रसाद तिमिल्सीनाको हृदयघात कारण निधन

२८ भाद्र २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
127 Shares


पाल्पा- पाल्पाको सुर्योदय टेलिभिजनका अध्यक्ष कृष्णप्रसाद तिमिल्सीनाको युवाअवस्थामै निधन भएको छ । गएराती हृदयघात भएर उहाँको ४० बर्षको उमेरमा निधन भएको हो ।पाल्पा सदरमुकाम तान्सेनको बारुदखानमा रहेको आफ्नै निवासमा हृदयघात भएपछि उहाँलाई तत्कालै लुम्विनी मेडिकल कलेज प्रवास लगिएकोमा केहीबेरमै निधन भएको चिकित्सकहरुले घोषणा गरेका थिए ।झण्डै ७ बर्षदेखि टेलिभिजनको अध्यक्ष रहनु भएका तिमिल्सीना तान्सनेस्थीत मिसन अस्पतालको नसिङ्ग कलेज, मेलेनियम कलेज लगायतमा लामोसमयदेखि गणित विषयको प्राध्यापक समेत हुनुुहुथ्यो ।

पाल्पाको रामपुर नगरपालिका वडा नं। १० हेक्लाङ्ग स्थायी घर भएका तिमिल्सीना श्रीमतीसँगै तान्सेनमा बस्दै आउनु भएको थियो । भद्र, मिलनसार, मेहनेती र सकारात्मक सोँच भएका तिमिल्सीना तानसेनमा आशा लाग्दो सामाजिक तथा बौद्धिक युवाका रुपमा चिनिनुुहुन्थ्यो ।उहाँको शव आजै आफ्नै गाँउ हेक्लाङ्ग लगेर अन्त्यष्टी गरिने र लैजानका लागि गाउँबाट परिवारका सदस्य तथा गाँउलेहरु तान्सेन आउदै गरेको उहाँका आफन्तले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया