नेपाली जनसम्पर्क समिति अमेरिकाको प्रेस विज्ञप्ती

प्रकाशित मिति:

अमेरीका । नेपाली काँग्रेसले जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका दिन भाद्र २४ मा मुलुकभर प्रारम्भ गरेको हिमाल,पहाड, तराई मधेश हिपतम राष्ट्रिय जागरण अभियान अन्तर्गतको दोस्रो चरणको कार्यक्रम यही भाद्र २६ गते, बाँके जिल्लाको निर्वाचन क्षेत्र नम्बर  ३ को प्रदेश सभा २ को खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरमा शान्तिपूर्ण ढंगले संचालन भइरहेको अवस्थामा नेपाल कम्यूनिष्ट पार्टी९ नेकपा० मा आबद्ध कार्यकर्ताको जत्थाले कार्यक्रम बिथोल्ने प्रमुख उदेश्यका साथ सुनियोजित रूपमा सांघातिक हमला गरेको घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।सरकार समर्थित कम्युनिष्ट कार्यकर्ताको उक्त सांघातिक हमलाबाट नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाको हात फ्याक्चर भएको छ भने, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायत पार्टीका दर्जनौँ कार्यकर्ताहरु घाइते भएका छन् ।यो घटना अत्यन्तै, निन्दनीय, अमानवीय, घृणित र गैरकानूनी भएको ठहर गर्दै, सत्ताको उन्मादमा अराजक शैलीमा गरेको यस्तो सुनियोजित एवं सांघातिक आक्रमको नेपाली जनसम्पर्क समिति अमेरिका घोर निन्दा र भर्त्सना गर्दछ ।

यो घटनाले स्वतन्त्र रुपमा शान्तिपूर्ण ढंगले राजनीतिक र सांगठनिक कार्यक्रम गर्न पाउने संविधानप्रदत्त नागरिक र दलको अधिकारमाथि ठाडो प्रहार गरेको छ। यसले अभिव्यक्ति स्वतन्त्रता, मानवाधिकार र कानूनी राज्यको धज्जी उडाएको छ। यो घटनाले लोकतन्त्रका आधारभूत मुल्य, मान्यता र सिद्धान्त समेतको खिल्ली उडाएको छ । त्यसैले यस घटनालाई सरकारले गम्भीरता पूर्वक छानबीन गरी दोषीलाई तत्काल कडा भन्दा कडा कानूनी कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछौ । लोकतान्त्रिक व्यवस्थामा तत्काल कानुनी राज्यको आभाष दिलाउँन सरकारसँग आग्रह गर्दछौ। जिम्मेवार राजनीतिक पार्टीको रूपमा प्रस्तुत हुन र यस्ता घटनाहरु पुनः नदोहोर्याउन नेपाल कम्यूनिष्ट पार्टी नेकपा लाई चेतावनीका साथ आग्रह गर्दछौ ।अन्त्यमा सबै घाइते हुनुभएका पार्टीका नेता तथा कार्यकर्ताहरूको शिघ्रलाभको कामना गर्दछौ ।धन्यवाद, जयनेपाल  मुनिन्द्र नेम्बाङ महासचिव नेपाली जनसम्पर्क समिति अमेरिका