नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित

प्रकाशित मिति:

काठमाडौँ –नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । उनले अर्का प्रतिस्पर्धी उमेशलाल श्रेष्ठलाई ७ मत अन्तरले पराजित गरे ।जीवनरामले १७ मत पाउँदा उमेशलालको पक्षमा १० मत परेको छ । जीवनराम पहिलो कार्यकालमा पनि नेपाल ओलम्पिक कमिटीको अध्यक्ष थिए ।यसैगरी महासचिवमा जीवनराम प्यानलकै लिलेन्द्रराज श्रेष्ठ निर्वाचित भएका छन् । उनले उमेशलाल प्यानलका उम्मेदवार पुरेन्द्रविक्रम लाखेलाई ३ मतले पराजित गरे । लिलेन्द्रले १५ र पुरेन्द्रले १२ मत पाए ।यसैगरी ५ उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा ज्योती राणा ९२६०, चतुरानन्द राजवैद्य ९२२०, तेजबहादुर गुरुङ ९२००, सुनिलकुमार श्रेष्ठ ९१८० र अशोकरत्न बज्राचार्य ९१५० निर्वाचित भएका छन् । उपाध्यक्षका अन्य प्रतिस्पर्धी समिम मिया अन्सारीले १२, पुष्पदास श्रेष्ठले ११ र राजीव श्रेष्ठले ११ मत पाए ।

उपमहासचिव पदमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टण्डन चुनिएका छन् ।यसैगरी ३ सचिव पदका लागि भएको निर्वाचनमा दीपकहर्ष बज्राचार्य, तुलसी थापा र रामजीबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । बज्राचार्यले २५, थापाले २१ र श्रेष्ठले १८ मत पाए । सचिवका अर्का प्रतिस्पर्धी केशवकुमार विष्ट भने पराजित भए । राखेपका पूर्वसदस्यसचिव समेत रहेका विष्टले १७ मत पाए ।नेपाल ओलम्पिक कमिटीको ७ सदस्यको लागि भएको निर्वाचनमा रमेशप्रसाद शिवाकोटी ९२६०, प्रकाशशम्सेर राणा ९२६०, गोपालसुन्दर लाल कक्षपति ९२६०, दीर्घबहादुर केसी ९२६०, होमबहादुर दोङ ९२५०, टासी घले ९२४० र राम अवाले ९२०० निर्वाचित भए । सदस्य पदका अर्का प्रतिस्पर्धी मनोरञ्जनरमण शर्मा भने पराजित भए । शर्माले ९ मत मात्र पाए ।