लायन्स क्लब अफ बुटबल क्षितिज द्धरा मानव सेवा आश्रम बुटबलमा सहयोग हस्तान्तरण

प्रकाशित मिति:

लायन्स क्लब अफ बुटबल क्षितिजले मानव सेवा आश्रम बुटबलमा सहयोग हस्तान्तरण गरेको छ ।  क्लवका सन्चालक पुजनथापाका स्वर्गीय ससुरा बिजय बुढाथोकीको स्मृतीमा बुढाथोकी परिवारको सम्वन्यमा उक्त सहयोग हस्तान्तरण कार्यक्रम गरिएको हो ।  सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि निर्वतमान गर्भनर सुनिल वंझाले मानवीय सेवा नै सबै भन्दा ठुलो धर्म भएकाले लायन्स क्लबले यस्ता सामाजीक कामहरु गदै आएको बताए ।  विजय बुढाथोकीको स्मृतीमा जुन खालको सहयोग हस्तान्तरण गरेको छ यो निकै महत्वपुर्ण रहेको बताए ।

आगामी दिनमा यस्ता सहयोगहरुलाई निरन्तर रुपमा अगाडी बढाउन सबै लाग्नु पर्ने बताए । बुढाथोकिको स्मृतीमा गरिएको उक्त कार्यक्रममा बेडसेट सिरक डसेना पङ्गखा र बिभिन्न खाद्यान्न सामाग्री गरि करिब एक लाख बराबर को सहयोग हस्तान्तरण गर्नुको साथै आश्रममा रहेका सम्पुर्णलाई खाना समेत खुलाएको छ ।सो अबशरमा स्वर्गीय बुढाथोकीकि श्रीमती समाज सेवी लक्ष्मी बुरा , पूर्व गर्भनर महेन्द्र नारायण श्रेष्ठ , डीष्ट्रिक को चिफ एडभाइजर अर्जुनमान सैजु , डीष्ट्रिक एडभाइजर पूरुसोत्तम भक्त प्रधानाङ्ग , जोन चियर पर्सन मिलन कुमार पुन , मानब सेवा आश्रम बुटबलकी संयोजक सरु अधिकारी लगायतले मन्तव्य राखेका थिए । लायन्स क्लब अफ बुटबल क्षितिजका अध्यक्ष फवन लाकौलको अध्यक्षयता कार्यक्रम संयोजक पुजन थापाको स्वागत मन्तव्य र सचिव क्षितिज प्रधानको सन्चालनमा कार्यक्रम सम्पन्न भएको क्लबका द्धितिय उपाध्यक्ष आविस्कार खनालले जानकारी दिए ।