रातो टिका निधारमा’को शीर्ष गीत सार्बजनिक

प्रकाशित मिति:

काठमाडौँ –असोज १० गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘रातो टिका निधारमा’को शीर्ष गीत रिलिज भएको छ । शाहदेव ढुङ्गानाको शब्द तथा प्रमोद खरेल र मेलिना राईको आवाजमा रहेको ‘रातो टिका निधारमा’ गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुङ्गाना, अंकित शर्मा, बुद्धि तामाङ, रविन्द्र कुमार झा लगाएत फिचर्ड छन् ।

शम्भुजित बास्कोटाले संगीत संयोजन गरेका छन् । त्यस्तै बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन् । दशैं पर्वको अवसरमा रिलिज हुँदै गरेको ‘रातो टिका निधारमा’मा अंकित शर्मा, साम्राज्ञी राज्लक्ष्मी शाह, बुद्धि तामाङ, रविन्द्र कुमार झा, शिवहरि पौडेल, नीता ढुङ्गाना, खुश्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धरा भुषाल, जयनन्द लामा, राजाराम पौडेल लगाएत मुख्य भूमिकामा छन् ।फिल्मलाई अशोक शर्माले निर्देशन गरेका हुन् । फिल्मलाई निर्देशक शर्मा आफैले लेखेका हुन्, भने किरण शर्मा र कृति शर्माले निर्माण गरेका हुन् ।