फेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड्को ११ औं वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति:

बुटवल-बुटवल उपमहानगरपालिका र शुद्धोधन गाउँपालिकामा कार्यक्षेत्र रहेको फेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड्को ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । फेवा साकोसका अध्यक्ष प्रेम बहादुर गुरुङको अध्यक्षतामा आज शनिबार बुटवलमा सम्पन्न साधारण सभामा बोल्दै प्रमूख अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ कार्यालयका मूख्यसचिव बैकुण्ठ अधिकारीले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । सहकारीले अनुत्पादक क्षेत्रमा लगानी गर्ने, कर्जा र ऋण प्रवाह गरेर नाफा मात्र कमाउने उद्देश्य त्यागेर कृषि र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सहकारी सञ्चालकहरुलाई आग्रह गरेका हुन ।

सरकार सहकारी प्रवद्र्धनको पक्षमा रहेको भन्दै मन्त्रालयले सहकारीहरुको नियमन मात्र नगरी संरक्षण र प्रवद्र्धन गर्ने खालका नीति, योजना र कार्यविधिहरु ल्याउने प्रयास गरिरहेको मूख्य सचिव अधिकारीले जानकारी दिए । जनसंख्या र आर्थिक अनुपातको हिसाबमा सहकारीहरु मर्जरमा जानुको विकल्प नभएकोमा उनको धारणा थियो । सहरकारीहरुले आफ्नै पहलमा आवश्यक्ता अनुुसार सान्दर्भिक ढंगबाट मर्जरमा जाँदा प्रदेश सरकारलाई आर्थिक नीति अनुरुप लक्ष्य हाँसिल गर्न सहयोग पुग्ने भएकाले आर्थिक अनुशासन र समृद्धिका लागि सहकारीहरुलाई स्वस्फुर्त रुपमा मर्जरमा जान सुझाब दिए । सो अवसरमा राष्ट्रिय सहकारी बैंक प्रदेश नं ५ शाखा कार्यालय बुटवलका व्यवस्थापक नरेश पाण्डेले सहकारी सञ्चालकहरुले शेयर सदस्यहरुको आर्थिक समृद्धिलाई ध्यान दिनु पर्ने बताए ।

कार्यक्रममा नेफस्कुन फिल्ड कार्यालय बुटवलका प्रमूख राधा पोखरेल, जागरुक बचत तथा ऋण सहकारी संस्था लिमिटेड्का सचिव ठाकुर प्रसाद अ¥याल, सल्लाहकार घमानसिङ गुरुङ लगायतले बोल्दै सहकारीको सिद्धान्तलाई आत्मसाथ गर्दै शेयर सदस्यहरुलाई आर्थिक हैसियतबाट माथि उठाउने र खुशी बनाउने कार्य गर्न सकेमा सहकारीहरु सफल हुने धारणा व्यक्त गरे । सहकारीको ११ औं साधारण सभाको अवसरमा जेष्ठ नागरिक सदस्य, उत्कृष्ट उद्यमी तथा व्यापारी, खेलाडी र विद्यार्थीहरुलाई कदर–पत्र र नगदले सम्मान गरिएको थियो । सभाले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष नितु थापाको आर्थिक प्रतिवेदन सहित शेयर, बचत, व्याज, कोष, विशेष बचत व्यवस्थापन, नीति निर्माण र क्षेत्राधिकार बिस्तार लगायतका प्रस्तावित विषयहरु सभाले गरेको छ । व्यवस्थापक लिल बहादुर गुरुङका अनुसार वि.स. २०६४ सालमा स्थापना भएको फेवा साकोसमा ७ सय १८ महिला र ६ सय १५ पुरुष गरि १ हजार ३ सय ३३ जना शेयर सदस्यहरुले नियमित बचत गरिरहेका छन् । लेखा प्रतिवेदन अनुसार साकोसको २ करोड ७४ लाख रुपैयाँ चुक्ता शेयरपुँजी रहेको छ । संस्थाले गत आर्थिक वर्षमा ३२ लाख ५१ हजार रुपैयाँ नाफा गरेको छ भने १४ करोड ऋण प्रवाह गरेको थियो । कार्यक्रम फेवा सहकारी शिक्षा उपसमितिका प्रशिक्षक प्रेम सोमैमगरको स्वागत तथा सचिव मनोज रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।