नेकपामा प्रबेश गरेका छ जना पुन नेपाली काँग्रेसमा फर्किए

प्रकाशित मिति:

स्याङ्जा । चापाकोट नगरपालिकाको वडा नं. २ र ८ को जागरण वडा नं. ८ को क्वामीमा सम्पन्न भएको छ । कार्यक्रममा केन्द्रिय प्रतिनिधि सारदा पौडेलले दुई तिहाईको कम्युनिष्ट सरकार लोकतन्त्र विरोधी रहेको आरोप लगाउँदै मानव स्वतन्त्रतालाई कब्जा गर्न खोजेको बताउनुभयो । कार्यक्रममा क्षेत्र नं. २ का सभापति देवबहादुर खांण, महाधिवेसन प्रतिनिधि तथा नगरप्रमुख शिवकुमार गिरी, महासमिति सदस्य माया राना, महिला संघकी गायत्री आचार्यलगायतले बोल्नुभएको थियो । महिला नेतृ ईशा रानाको स्वागतसंगै शुरु भएको कार्यक्रम प्रदेश ख का सभापति हरिबाबुर पाख्ररेलकोे सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालन गौरव भट्टराई र धन्यवाद वडा नं. ८ का अध्यक्ष नवराज श्रेष्ठले गर्नुभएको थियो । केही दीन अघिमात्र नेपाली कांग्रेसवाट एमालेमा प्रवेश गरेका ६ जना आज नेपाली काग्रेसमा फर्कीएका छन् । उनीहरुलाई केन्द्रीय प्रतिनीधी शारदा पौडेल ,प्रदेश सांसद प्रकाश मल्ल , क्षेत्रीय सभापती देववहादुर खांण महाधिवेसन प्रतिनिधि तथा नगरप्रमुख शिवकुमार गिरीले अवीर लगाएर नेपाली कांग्रेसमा प्रवेश गराउनु भएको थियो ।