जुनियर भोकल स्टारको प्रि–अडिसन खुला, प्रथम हुनेलाई २० लाख पुरस्कार

२८ भाद्र २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
33 Shares


काठमाडौँ –अभियान मल्टिमिडियाद्वारा सञ्चालन गरिने जुनियर भोकल स्टारको प्रि–अडिसन फाराम खुल्ला गरिएको छ ।रियालिटी शोको बारेमा जानकारी गराउन शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजकले आयोजना गरेको पत्रकार सम्मेलनमा १५ बर्ष सम्मका बालबालिकाले सहभागी हुनसक्ने जानकारी दिएको छ ।रियालिटी शोमा भाग लिन चाहनेहरुले आफूलाई पायक पर्ने स्थान र प्रक्रियाबाट आफ्नो नाम दर्ता गर्न सक्नेपनि आयोजकले जनाएको छ ।

आफुभित्र रहेको प्रतिभालाई संसारसामु प्रस्तुत गराने उद्देश्यसहित आयोजना हुन गैरहेको उक्त शोमा विविध कारणले आफ्नो कला देखाउन नसकेकालाई समेट्ने प्रयास गर्ने आयोजक संस्था अभियान मल्टिमिडियाका अध्यक्ष मिन अधिकारीले जानकारी दिए ।प्रतिस्पर्धामा भाग लिनका लागि आवश्यक थप जानकारी  www.juniorvocalstar.com / Junior Vocal Star  एपमा पनि उपलब्ध भएको अधिकारीले बताए ।पत्रकार सम्मेलनमा संगितकार बसन्त सापकोटाले आफुभित्र रहेको प्रतिभालाई प्रस्फुटन गर्न शोले विशेष भूमिका खेल्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपालमा अहिले धेरै रियालिटी शोहरुको विकास भएपनि बालबालिका लक्षित कार्यक्रमहरु उत्पादन हुन नसकेको सापकोटाले बताए ।

त्यस्तै गायक धीरज राईले बालबालिकालाई काचो माटोको रुपमा लिदै उनीहरुलाई आफुले चाँहेको बस्तुमा ढाल्न उक्त शो कोशेढुङगा सावित हुने विश्वास व्यक्त गरे ।अहिले देश तथा विदेशमा विभिन्न रियालिटी शोहरु सञ्चालनमा रहेको जनाउदै उनले नेपालबाट पनि त्यस्ता प्रतिभालाई विश्व बजारसम्म चिनाउने प्रयास हुने विश्वास दिलाए ।सहभागीले दर्ता पछिको छनोट प्रक्रियामा अडिसन, मेघा अडिसन, टप २०, टप १०, सेमी फाइनल हुदै ग्रान्ड फिनाले सम्म पुगेर नेपालको पहिलो जुनियर भोकल स्टारको उपाधि जित्न सक्ने आयोजकको भनाई छ ।प्रथम हुनेलाई २० लाख र ट्रफी, फस्ट रनर–अपलाई १० लाख र सेकन्ड रनर–अपलाई ५ लाख रुपैयाँ पुरुस्कारको व्यवस्था रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • दुई दिने सिएफएलजिको कार्य सम्पादन समिक्षा तथा कागजात व्यवस्थापन कार्यशाला…
  • तिर्थराज राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ समारोहलाई सम्बोधन गर्न सिटौला नवलपुर…
  • नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने
  • नेकपा सचिवालय बैठक सोमबार बस्ने
  • दोस्रो भीरकोट महोत्सव फागुनमा- ‘पर्यटन बर्ष सफल बनाउन महोत्सव’
  • विवाह पछि ऋचा भन्छिन् : ‘माया अनि आर्शिवाद सदैब यसरी…
  • ‘यो स्वर्ण दूध बेचेर मलाई कलेज पढाउने आमालाई’
  • भ्वाइस अफ नेपाल जितेपछि राम लिम्बु ट्रफी लिएरै पहिलो पटक…
  • साग पुरुष बास्केटबल : नेपाल सेमिफाइनलमा
  • जापानी नागरिकको संस्थामा नेपाली अध्यक्ष