विमानस्थलमा योगेश भट्टराईमाथि गालीगलौज ,हातपात गर्ने प्रयास ( भिडिया सहीत )

प्रकाशित मिति:

नेपालगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा विमानभित्रै केही युवाहरुले गालीगलौज गरेका छन् । मन्त्रीलाई गाली गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गरिएको छ । मन्त्री भट्टराईले चाहिँ विमान चढ्न ढीलो भएकोमा क्षमा मागेका छन् । युट्युवमा राजावादीका रुपमा चर्चा कमाएका ज्ञानेन्द्र शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन्त्री भट्टराईलाई थर्काउँदै भिडियो खिचेको हो । काठमाडौं आउने विमानलाई मन्त्रीले एक घण्टासम्म कुराएर यात्रुलाई सास्ती दिएको भन्दै शाहीको टोलीले मन्त्रीमाथि हप्कीदप्की गरेको भिडियोमा देख्न सकिन्छ ।  हामी तपाईलाई सम्मान गर्छौं भन्दै मन्त्रीलाई थर्काएपछि शाहीले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘मन्त्री योगेश भटराईलाई आज नेपालगञ्ज एअरपोर्टमा रामधुलाई गरियो । मन्त्री योगेश भट्टराईले आज नेपालगञ्ज एअरपोर्टमा १ घन्टा प्लेन कुराएपछि हामी नागरिकले रामधुलाई गरियो । विचरा मन्त्रीज्यु मुसो लुकेजसरी लुक्नु भो । अब नागरिक सचेत भैसके । अरिङगालका दिनगन्ती सुरु ।

पर्यटन मन्त्री भट्टराई शनिबार डल्फिन महोत्सवको उदघाटन गर्न कैलालीको धनगढी हुँदै टीकापुर पुगेका थिए । कार्यक्रम सकेपछि शनिबार साँझ उनी नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरमा काठमाडौं फर्किएका छन् ।कार्यक्रम सकेर नेपालगञ्ज विमानस्थलमा आइपुग्दा प्लेन छुट्ने समय केही ढीलो भएको थियो । तर, एक घण्टासम्म नभई १५ मिनेटमात्र ढीलो भएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईको दाबी छ ।यसैवीच मन्त्री भट्टराईले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आफू विमानस्थलमा आइपुग्न १५ मिनेट ढीलो भएको बताउँदै यसबाट यात्रुमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेका छन् ।

मन्त्री भट्टराईको प्रतिक्रिया यस्तो छ आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ र्फकने मेरो योजना रहेको थियो । तर, कार्यक्रम ढिला भएका कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगञ्जको अन्तिम उडानबाट काठमाडौं र्फकने क्रममा केही ढिला हुन गएको सत्य हो ।सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोलि प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जवाफ दिने कार्यक्रम रहेका कारण काठमाडौं र्फकनैपर्ने दबावमा म थिएँ । नेपालगञ्ज विमानस्थलमा ३र४ जना व्यक्तिहरु आक्रामक शैलीमा मेराविरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैंले हामीलाई कति दुःख दिएको छस् रु त्यो हामीले कहाँ बिर्सेंका छौ र रु सम्म भने । त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहालें । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद व्यक्त गर्दछु । मेरा कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति भने क्षमाप्रार्थी छु ।ज्ञानेन्द्र शाहीको फेसवुक वाट लीईएको भिडीयो