देशमा विकासको भेल काँगे्सकै पालामा आएको हो : पार्टी सचिव सापकोटा “राधाकृष्ण कृषक समूहले हात पा¥यो प्रथम पुरस्कार ”

प्रकाशित मिति:

कौरव खत्री । नेपाल तरुण दल मुसिकोट नगरपालिका २ मुसिकोट गुल्मीद्धारा बृहत खुल्ला तिजगित तथा विविध साँस्कृतिक कार्यक्रम मुसिकोटको खस्थोक अमराईमा सम्पन्न भएको छ । शनिवार बृहत खुल्ला तिजगित तथा विविध साँस्कृतिक कार्यक्रमलाई सम्वोधन गदै प्रमुख अतिथि नेपाली काँग्रेस गुल्मीका पार्टी सचिव बिष्णु कुमारी सापकोटाले हाम्रो कला संस्कृति र परम्पराको जर्गेना गर्नका लागि सबैले मिलेर संरक्षण र प्रर्वद्धन गनुपर्ने बताइन । साथै उनले पछिल्लो समयमा झन विकृति र विसङगति मौलाउदै गएको भन्दै देशमा विकासको भेल काँगे्रसकै पालामा आएको बताइन । साथै महिला नेतृ सापकोटाले शिक्षा स्वास्थ्य र खानेपानी लगायतका विकास निर्माणका कार्यहरु काँगे्रस नै अगाडी बढाएको बताउदै पार्टीका तरुणहरु अझ जुजारु र क्रियाशिल भएर गाँउ टोलमा आम जनताका समस्या समाधान गर्न तर्फ अगाडी बढ्न आग्रह गरिन । सोही अवसरमा नेपाल महिला संघ गुल्मीकी अध्यक्ष लक्ष्मी पाण्डे,इश्मा गाँउपालिका १ हस्तिचौर गुल्मीका वडा अध्यक्ष चुरा बहादुर खत्री,नेपाल तरुण दलका क्षेत्रीय सभापति झविन्द्र अर्याल, नेपाल तरुण दल रेसुङ्गा नगर कार्यसमिति सभापति कृष्ण पाण्डे,नेपाल विद्यार्थी संघ मुसिकोट नगरपालिकाकी अध्यक्ष जमुना कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साथै सोही अवसरमा राष्ट्रिय कलाकार गणेश अधिकारी, हरि खत्री साँगितिक प्रस्तुतीले अतिथि देखि सबै दर्शकलाई नचाएका थिए ।साथै सोही अवसरमा नेपाल प्रेस युनियनका केन्द्रिय प्रतिनिधि कौरव खत्री, नेपाली काँगे्रस जिल्ला कार्य समिति गुल्मीकी पूर्व जिल्ला सदस्य अनिशा केसी,नेपाल महिला संघ रेसुङ्गा नगर कार्यसमिति सभापति सिता पाण्डे, नगर कोषाध्यक्ष निर्मला केसी,नगर सदस्य बसन्ता पन्थी लगायत नेपाली काँगे्रसका जिल्ला स्तर तथा स्थानीय नेता तथा कार्यकताहरुको कलाप्रमी,समाजसेवी लगायतको सहभागिता रहेको थियो । बृहत खुल्ला प्रतियोगतामा ६ समूहको सहभागिता रहेको बहृत खुल्ला तिजगित प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रमका प्रतियोगितामा इश्मा गाँउपालिका १ जुकेपानी गुल्मीको राधाकृष्ण कृषक समूहले प्रथम हुदै नगद रु.१०हजार सहित प्रमाण पत्र हात पारेको थियो भने यस्तै मुसिकोट नगरपालिका १ पौदीअमराई बाङ्गे गुल्मीमा रहेको श्रृरुङ्गा क्रियाशिल युवा क्लवले द्धितीय हुदै नगद रु ७ हजार सहित प्रमाण पत्र हात पारेको थिए ।

सोही अवसरमा मालिका गाँउपालिका १ नेटाको विजयशिल युवा क्लवले तृतीय हुदै नगद रु.४हजार,५सय सहित प्रमाण पत्र हात पारेको थियो ।त्यस्तै सोही प्रतियोगितामा इश्मा गाँउपालिका २ का रातडाँडा राइजिङ्ग स्टार क्लवले सान्त्वना हुदै नगद रु २हजार,५सय सहित प्रमाण पत्र हात पारेको थियो । त्यस्तै प्रतियोगितामा बाध्यवादन र नृत्य तथा पोशाकमा समेतमा उत्कृष्ट समूहहरुलाई सम्मान गरिएको थियो । विजेतामा समूह तथा उत्कृष्टहरुलाई नगद प्रमाण पत्र सम्मान गरिएको थियो ।साथै कार्यक्रमको अवसरमा कलाकार,आर्थिक सहयोगीहरु सँगै विभिन्न क्षेत्रबाट सहयोग पु¥याएका व्यक्तिहरुलाई समेत समान गरिएको थियो ।कार्यक्रम नेपाल तरुण मुसिकोट नगरपालिका २ मुसिकोट गुल्मीका अध्यक्ष दिपक कुमार महतको सभापतित्व तथा नेपाली काँग्रेस गुल्मीका पार्टी सचिव बिष्णु कुमारी सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम तथा नेपाली काँगे्रस मुनपा २ मुसिकोटका पूर्व पार्टी सचिव श्रीराम पोखरेलको स्वागत मन्तव्यसँगै शूरु भएको कार्यक्रमको सञ्चालन भने नेपाल तरुण मुसिकोट नगरपालिका २ मुसिकोट गुल्मीका सचिव कृष्ण प्रसाद घिमिरेले गरेका थिए ।