डेङ्गो रोगलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल –इनह्वील क्लब अफ रुपन्देहि, रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकस र रोट्रयाक्ट क्लब सिनर्जीले संयुक्त रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अहिले देशमा आतंकको रुपमा फैलि रहेको डेङ्गो रोगले यतिबेला सबै ठाउँमा रगतको अभाव भैरहेको बेला , इनह्वील क्लब अफ रुपन्देहि, रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकस र रोट्रयाक्ट क्लब सिनर्जीले संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरि डेङ्गो कारणले कसैको पनि ज्यान नजाओस भन्ने उद्देश्यका साथ रतदान कार्यक्रम आयोजना गरेका थिए ।

बुटबलको रक्त सन्चार केन्द्रमा राखिएको उत दतदान कार्यक्रममा ४७ युनिट रगत जम्मा गरिएको बताए । कार्यक्रमा इनह्वील क्लबका अध्यक्ष मन्जु आचार्य घिमिरे रगत कमि भएको बेला इनह्वील रोट्रयाक्ट क्लबहरुले रगतको कमि जतिबेला भएपनि रगत दिन तयार रहेको बताइन । रगतको अभाबले कसैको मृयु नहोस भन्ने उद्देश्यका साथ यो रतदान कार्यक्रम राखिएको बताइन । आगामी दिनमा यस्ता कार्यक्रमहरुलार्इ रोट्रयाक्ट क्लब इनरह्वील क्लबले संयुत रुपमा निरन्तर रुपमा अगडी बढाउने पनि बताइन् ।कार्यक्रम इनह्वील क्लबका पूर्व अध्यक्ष इना उपाध्य रोट्रयाक्ट क्लब बुटबल रामापिथेकसका प्रकास पोख्रल लगाबएतको संयोजनको रुपमा भुमिका निरबाह गरि कार्यक्रम सम्पन्न गरेका छ्न ।