सौर्य एयरलाइन्स विक्री भए संगै नया व्यवस्थापनले सन्चालन गर्ने

प्रकाशित मिति:

काठमाडौँ — चार वर्षअघि क्यानेडियन जेट विमान बमबार्डियर सिआरजे २००० ल्याएर नेपाली आकासमा उडान थालेको सौर्य एयरलाइन्स बिक्री भएको छ । ५० सिट क्षमताका साढे १५ र साढे १७ वर्ष पूराना दुईटा सीआरजे विमानबाट काठमाडौंदेखि सुगम रुटहरु भद्रपुर, बिराटनगर, भैरहवा, नेपालगंज र धनगढी० मा उडान थालेको यो कम्पनी चीनमा बसेर व्यापार गर्दै आएका श्याम अधिकारीको समूहले ६४ करोड रुपैयाँमा सकारेका हुन् । आजदेखी सौर्य एयरलाइन्स नयाँ व्यवस्थापनले लिएको छ कम्पनीका मार्केटिङ प्रमुख मुकेश खनालले भने कम्पनीको कूल मूल्यांकन ६४ करोड हाराहारी थियो यसभित्र ५१ करोड हाराहारी बैंकको ऋण समेटिएको छ । खनालका अनुसार, अबको एक महिनामा पुरानो व्यवस्थापनले कम्पनी हस्तान्तरण गरिसक्ने छ । यो कम्पनीमा २ सय हाराहारी कर्मचारी छन् । यसअघि यो एयरलाइन्स झापाका सुपारीरलसुन तथा बालुवा व्यापारी दिपक पोखरेलको थियो । एयरलाइन्सका अनुसार, यसमा व्यापारी पोखरेलको ८० प्रतिशत हाराहारी शेयर थियो । उनीबाहेक थप १३ जना अन्य व्यापारी यसका साना लगानीकर्ता थिए । चीनमा बसेर व्यापार गर्दै आएका प्यूठानबासी अधिकारीले यो एयरलाइन्स खरिद गर्नुअघि सीता एयरका लगानीकर्ताले यो एयरलाइन्स खरिद गर्न चाहेका थिए । एक दुई राउन्ड छलफल भएको थियो । नेगोसिएसनको अन्तिम चरणमा हाम्रो व्यवस्थापन सन्तुष्ट हुन नसकेपछी बिजनेश डिल हुन सकेन सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम राज आचार्यले भने । सौर्यसँग भएका दुईटा विमानको इन्जिन र ल्याण्डिङ्ग गियर आवर लाइफ साइकल अत्याधिक न्यून छ । नयाँ व्यवस्थापनले ६४ करोडबाहेक थप यी दुई विमानको इन्जिन र ल्याण्डिङ्ग गियर मर्मतमा करोडौं रुपैया लगानी गर्नुपर्ने छ
आर्थिक अभावकै कारणडेढमहिनादेखि बन्द एयरलाइन्सले बुधबारदेखि पुनस् उडान सुचारु गरेको खनालले बताए ।
उनका अनुसार  नयाँ सञ्चालकले यी दुवै विमानलाई चाडै फेज आउट गरी दशै अघि नै सीआरजे ७०० सिरिजका विमान थप्ने घोषणा गरेको छ । यसबाहेक हेलिकप्टर उडान पनि थाल्ने भनेको छ ।