एसियन साम्बोमा नेपाललाई पाँच पदक

प्रकाशित मिति:

काठमाडौँ –भारतको नयाँ दिल्लीमा जारी एसियन साम्बो प्रतियोगितामा नेपालले पाँच पदक जित्न सफल भएको छ ।प्रतियोगितामा सहभागी नेपाली टोलीका साब्बारानी महर्जन, रचना लामा र मीरा पौडेलले रजत पदक जित्न सफल भएका हुन् । त्यसैगरी निरज भण्डारी र भगवाती माझीले कास्य पदक हात पारेका छन् ।

प्रतियोगिताका लागि नेपाली टोली गत मंगलबार भारत गएको थियो । सेप्टेम्बर १० देखि शुरु भएको प्रतियोगिता १६ तारिखसम्म चल्नेछ ।प्रतियोगितामा नेपालसहित ४४ वटा राष्ट्रका खेलाडी सहभागी भएको नेपाल साम्बो फेडेरेसनले जनाएको छ ।