साम्राज्ञी र श्रद्धा कपूर एउटै रोगबाट पीडित

प्रकाशित मिति:

काठमाडौँ –केही हप्ता पहिले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले खबरहबसँगको कुराकानीमा आफू एन्जाइटीबाट पीडित भएको बताएकी थिइन् । बाली काण्डमा फसेपछि साम्राज्ञीले आफूमा उक्त समस्या दोहोरिएको बताएकी थिइन् । बलिउड अभिनेत्री श्रद्धा कपूर पनि यही रोगबाट पीडित रहेको एक अन्तर्वार्ताका क्रममा खुलासा गरेकी छिन् ।श्रद्धा कपूरले आफू विगत ६ वर्षदेखि एन्जाइटीको सामना गर्नुपरेको बताएकी हुन् । भारतीय मिडियाका अनुसार श्रद्धालाई चलचित्र ‘आशिकी २’ पछि एन्जाइटी भएको थियो ।

‘मलाई पीडा भइरहेको थियो तर जाँच गर्दा कुनै पनि बिमार देखिएन, म आफैलाई अचम्म लागिरहेको थियो कि, यो कस्तो पीडा हो,’ श्रद्धाले उक्त अन्तर्वार्तामा भनेकी छिन् । उनले पछि आफूलाई शारीरिक रुपमा एन्जाइटी भएको महसुस गरेको बताएकी छिन् ।श्रद्धाले अहिले पनि आफू यो समस्या भोगिरहेको तर पहिलेभन्दा ठीक भएको उनको भनाइ छ । उनले भनेकी छिन्, ‘तपाईं को हो र कुन कुराको पक्षमा हुनुहुन्छ भन्ने चाहिँ बुझ्न सक्नुपर्छ ।’साम्राज्ञीले पनि खबरहबसँगको अन्तर्वार्ताका क्रममा आफू लामो समयदेखि एन्जाइटीको समस्या भोगिरहेको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘मलाई कुनै कुराको स्ट्रेस भयो भने एन्जाइटी हुन्छ, पुराना र भुल्न खोजेका अतीत झन् सम्झनामा आउँछ, आजभोलि म कूल हुने प्रयासमा छु ।’खबरहब