ग्यास क्षेत्र विस्तारका लागि इरानद्वारा स्थानीय कम्पनीसँग सम्झौता

२९ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
32 Shares


एजेन्सी- इरानले बेलाल ग्यास क्षेत्र विस्तारका लागि स्थानीय कम्पनीसँग ४४ करोड डलरको सम्झौता गरेको छ ।यो सम्झौताको घोषणा गर्दै इरानले अझै पनि मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण आधार अझै सक्रिय रहेको उल्लेख गरेको छ । अमेरिकाको प्रतिबन्धले प्रभावित नबनेको इरानको दाबी छ । इरानका तेलमन्त्री बिजान जाँगेनेहले यो र आगामी सम्झौताले अमेरिकी प्रतिबन्धले आफ्नो तेल क्षेत्रको गतिविधि रोक्न नसकेको देखाएको बताए ।

इरान र पेट्रोपार्सबीच भएको सम्झौता अनुसार कम्पनीले प्रतिदिन ५० करोड क्युबिक फिट ग्यास उत्पादन गर्नेछ । बेलाल ग्यास क्षेत्र इरानले कतारसँग साझेदारी गर्दै आएको छ । गतवर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको न्युक्लियर सम्झौताबाट बाहिरिँदै इरानमाथि प्रतिबन्धको निर्णय गरेका थिए । त्यसयता यी दुई मुलुकको सम्बन्ध चिसिँदै गएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया